साढे तीन महिनामै शहरीका सचिव फेरिए, फेरि ल्याइयो रमेश सिंहलाई

चार महिना अघि आफैंले असक्षम र भ्रष्टको आरोप लगाउँदै सरुवा गरेका सचिव रमेश सिंहलाई शहरी विकास मन्त्री रामकुमारी झाक्रीले पुन मन्त्रालयमै तानेकी छिन् । मन्त्री नियुक्त भएको दुई महिना नबित्दै सचिवलाई त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो । त्यहाँ भवन निर्माण विभागको डिजीबाट बढुवा भएर सचिवमा उक्लिएका इ मणिराम गेलाललाई तानिएको थियो । तर साढे महिना महिना नबित्दै उनै गेलाललाई सरुवा गरेर त्यहाँ रमेश सिंहलाई ल्याइएको छ ।

Advertisement 1

साढे तीन महिना अघि शहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग ठाकठुक परेर सरुवामा परेका सचिव रमेश सिंह पुन शहरी विकास मन्त्रालयमै फर्किएका हुन ।  मन्त्रिपरिषद्को पछिल्लो बैठकले सचिव सिंहलाई प्रधाननमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शहरी विकास मन्त्रालयमै खटाएर त्यहाँका सचिव इ मणिराम गेलाललाई सिंहको ठाउँमा तानेर शहरीमा सिंहलाई पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
सचिव सिंहलाई यस अघि मन्त्री रामकुमारी झाक्रीले गत १३ मंसिरमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यतिबेला लोभी र भ्रष्टाचारी भनी फालिएका सचिव रमेश सिंह अहिले फेरि लायक ठहरिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थान्को लगाइएका उनलाई पछिल्लो क्याबिनेट बैठकको निर्णयमा पारेर शहरीमै फर्काइएको हो ।  शहरी विकास मन्त्रालय स्रोतका अनुसार अहिले अपरान्ह २ बजे सचिव सिंहले पदबहाली गर्दैछन् ।

सरुवाको बिषयमा सचिव गेलालसँग जिज्ञासा राख्दा आफ्नो सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको जनाएका छन् । साढे तीन महिनामै तपाईलाई किन सरुवा गरियो त ? भन्ने इकर्मचारीको प्रश्नमा पर्दा पछाडि के के  भयो आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

Advertisement 2

 

प्रकाशित :२०७८ चैत्र ४, शुक्रबार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry