नेपाल बैंकको ८९ औं वार्षिकोत्सव समारोहसम्पन्न

काठमाडौं। बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ। वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औं वर्ष पुरा गरी ८९ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गरे।
Advertisement 1
उक्त वार्षिकोत्सव कार्यक्रममा २५ बर्ष अटुट सेवा गर्ने ३ जना, २० बर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरुलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। तेसैगरि सुरक्षास्थितीको प्रतिकुल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गौरादह शाखा र नयाँ वानेश्वर शाखाका सुरक्षकहरुलाई पुरस्कृत गरिएको थियो। उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रुपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो।
अन्त्यमा, सभाका अध्यक्षज्यूले बैंकमा कर्मचारी वर्गलाई आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्न आग्रह गर्दैै सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोवल तथा इमान्दारीकासाथ कार्यक्षेत्रमा लाग्न प्रेरित गरे र बैंक व्यवस्थापनलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास समेत दिलाए।
Advertisement 2












