गुल्मीमा आजदेखि सातामा ४ पटक हवाई उडान सुरु

गुल्मी। रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा ४ पटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको ४ पटक हवाई उडान सुरु भएको जानकारी दिए।
Advertisement 1
नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत ५ महिनादेखि जिल्लामा सातामा १ पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो। अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा ४ पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताृए।
नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा ४ पटक उडान गर्ने भएको हो। सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे हवाई उडान गर्दै आएको छ। निगमले काठमाडौंबाट गुल्मीका लागि रु ७ हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु ७ हजार ३०० भाडादर निर्धारण गरेको छ।
Advertisement 2
रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ।











