नेपाल प्रहरीका ५ जनाको प्रहरी नायब महानिरीक्षकमा पदोन्नति

काठमाडौं। सङ्घीय सरकारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायब महानिरीक्षक दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनिहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका छन्।
Advertisement 1
दज्र्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्। समारोहमा प्रहरी महानिरीक्षक खापुङले दज्र्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
आफ्नो दक्षता, कार्यकुशलता, राष्ट्र, जनता र सङ्गठनप्रति पु¥याएको योगदानको उचित मूल्याङ्कनका आधारमा पदोन्नति भएको चर्चा गर्दै उनले परम्परागत सोचाइ र शैलीलाई समयानुकूल परिवर्तन गरी आ–आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न प्रहरी अधिकृतलाई निर्देशन दिए।
Advertisement 2
प्रहरी महानिरीक्षक खापुङले अहिलेको संवेदनशील घडीमा प्रहरी कमाण्डरको भूमिका केबल प्रशासनिक नेतृत्वमा मात्र सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गर्दै विगतमा भएका घटनाको विश्लेषण गर्दै अझै परिष्कृत रूपमा उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्नुपर्ने बताए।
साथै आगामी दिनमा देखापर्नसक्ने चुनौतीलाई मनन गरी सूचना सङ्कलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिँदै प्रचलित कानुन कार्यान्वयनमा कुनै पनि सम्झौता नगर्नसमेत उहाँले उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिए।
Advertisement 3
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतकोतर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक खत्रीले साङ्गठनिक अपेक्षा, भरोसा र विश्वासलाई कायम राखी सङ्गठनको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।
दज्र्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानको उपस्थिति थियो ।



								





 
                            
 
                            
 
                            
 
                            
 
                            

