सशस्त्रले फेला पार्यो डाक्टर कोइरालाको शव

डा. प्रज्वल कोइराला वेपत्ता भएको दश दिनमा मृत अवस्थामा फेला परेका छन्। झापाको दमक वडा नं. १ निवासी डा. कोइराला सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा मंगलबार अपरान्ह लाश फेला परेको हो।

Advertisement 1

कोइराला माछा मार्ने स्थानीयले शव देखेर सशस्त्र प्रहरी बल चतरामा जानकारी गराए पश्चात देबेन्द्र रोक्काको नेतृत्वमा ०७ जना (३ जना डि. एम. तालिम प्राप्त) टोली र ईलाका प्रशासन कार्यालय चतरा बाट प्रहरी नायव निरीक्षक पृथ्वी कार्कीको ४ जनाको सयुंक्त टोलीले डुङ्गाको सहायताले शवलाई निकालेको छ । साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य vaginosisbacteriana.org विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो।

Advertisement 2

दमकको लाइफ लाइन अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा लामो समयसम्म जनरल सर्जन भएर काम गरेका ३२ वर्षीय कोइराला बाबु आमाका एक मात्र छोरा हुन् ।

प्रकाशित :२०८० भाद्र २०, बुधबार ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry