सपना बढोस्, हात नथाकुन

बालबालिका — ती साना हातहरू हुन्,
जसले किताब समात्नुपर्छ, इँटा होइन।
उनीहरूका आँखामा ताराहरू झल्कनुपर्छ, धुलो होइन।
तर कतै अझै पनि तिनै हातहरूले भाँडा माझ्छन्,
ढुंगा उठाउँछन्, अनि भविष्यका पानाहरू अधुरा रहन्छन्।

Advertisement 1

अब समय आएको छ — प्रत्येक अभिभावक,
शिक्षक, नागरिक र राज्य सबै मिलेर भन्नु छ ।
बाल श्रम होइन, बाल शिक्षा हाम्रो पहिलो धर्म हो।

एक छात्रवृत्ति, एक विद्यालय,
एक सचेत परिवारले हजारौँ जीवन बदल्न सक्छ।
जब गाउँले,वडाले घोषणा गर्छ
हाम्रो वडा बाल श्रममुक्त नारा
त्यो केवल नीति होइन, त्यो साँचो प्रगतिको संकेत हो।

Advertisement 2

आउनुहोस्, अब ढिलो नगरौं
हामी सबै मिलेर एउटा यस्तो समाज बनाऔं,
जहाँ बालबालिकाले खेलून्, पढून्
र आफ्ना भविष्यका सपनामा दौडने शक्ति बन्नुन
श्रम होइन, शिक्षा हो उनीहरूको अधिकार।
सपना बढोस्, हात नथाकून
यही हो उज्यालो नेपालतर्फको बाटो।
नयाँ नेपालको निर्माणमा लागौ ।
संक्रमणकाल र शुन्यताको धरातल तोडदै
खरानी भएको तहबाट स्वाभिमानी नेपाली बनेर
परिश्रम र उत्पादन गर्ने हातहरु
युवा जमातको ह्रदयमा रोपौ ।

प्रकाशित :२०८२ कार्तिक १४, शुक्रबार १४:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry