मन्डलामा कविता कन्सर्ट हुँदै

काठमाडौं। आगामी माघ १ गते मण्डला थिएटरमा कविता कन्सर्ट हुँदैछ।
Advertisement 1
‘बजारका कविता’ शीर्षकमा हुन लागेको कन्र्सट रङ्गकर्मी एवं कवि अनुप न्यौपानेले आयोजना गर्न लागेका ह। २ वर्ष पहिले पनि अनुपले कविता कन्र्सट गरेका थिए।
कन्सर्टमा अनुपले आफ्ना कविता वाचन गर्नुहुने र मेलिना राई, विराज बास्कोटा, समीर भट्टराईको कलात्मक प्रस्तुति रहने जनाइएको छ।
Advertisement 2
अनुपले वाचन गर्ने कवितालाई सङ्गीत भरेर रोचक बनाइने छ। जसमा सङ्गीततर्फ सौरभ चालिसे, सुदीप खतिवडा, रचना घिसिङ र निकोल्सन महर्जनले सहयोग गर्नुहुने कवि न्यौपानेले जानकारी दिए।
न्यौपाने कविसँगै रङ्गकर्मीसमेत हुनुहुन्छ। उहाँले ‘सिरुमारानी’, ‘क्याफे’, ‘वैतर्णी’, ‘एन्टिगोनी’, ‘सलेदो’लगायतका नाटकहरुमा अभिनय र ‘कथा एक’, ‘सिरुमारानी’ जस्ता नाटकको निर्देशन गरिसकेका छन्।
प्रकाशित :२०८२ पुष २२, मंगलवार १४:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














