दैनिक ६० स्थानबाट भगवान् श्रीकृष्णलाई सामूहिक दीपदान

काठमाडौं। कार्तिक मासको अवसर पारेर अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ नेपाल (इस्कोन) ले देशभर ६० स्थानमा श्रीकृष्ण भगवान्लाई सामूहिक दीपदान गरिरहेको छ।

Advertisement 1

सामूहिक दीपदानमा दैनिक हजारौँ मानिस सहभागी हुने गरेका छन्। स्कन्द र पद्म पुराणलगायत धार्मिक ग्रन्थमा कार्तिकमासमा भगवान् श्रीकृष्णलाई बेलुकीको समयमा दीपदान गरे लाखौँ जन्मको पाप नाश हुने उल्लेख गरिएकाले यस्तो कार्यक्रम आयोजना गरिएको इस्कोनका अध्यक्ष प्रदीप भण्डारीले जानकारी दिए।

आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको यो कार्यक्रम कार्तिक शुक्लपूर्णिमामा समापन गरिनेछ। यस अवसरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा आकाश दीपदान गर्ने गरेका छन्। इस्कोनका दीपदानमा लाखौँ मानिस सहभागी भइसकेको जनाइएको छ।

Advertisement 2

काठमाडौँ उपत्यकाका नारायणस्थान चोक (बूढानीलकण्ठ), महाराजगञ्ज, चाबहिल, स्वयम्भू, टोखा, पुल्चोक, ताहाचल, कोटेश्वर, दूधपाटी (भक्तपुर) र थली (कागेश्वरी मनोहरा) मा प्रत्येक दिन बेलुकी भगवान् श्रीकृष्णको मक्खन चोरेर बाँधेपछिको विग्रहलाई दीपदान भइरहेको इस्कोन चाबहिलका सचिव जीवन सिंहले जानकारी दिए।

यसैगरी काठमाडौँ उपत्यका बाहिर रहेका ५० वटै इस्कोनका केन्द्रमा पनि दैनिक बेलुकीको समयमा दीपदान भइरहेको छ। गत असोज २१ गतेदेखि सुरु भएको दीपदान यही कात्तिक १९ गते समापन गरिने छ। तिलको तेल वा गाईको घ्यूमा बनाइएको बत्ती (दीप) प्रत्येक चोकमा आवतजावत गर्ने सबैलाई दान गर्न निःशुल्क दिने गरिएको छ।

Advertisement 3

दीपदान गरिने स्थानमा इस्कोनबाट प्रकाशित पुस्तक बिक्री र चन्दा सङ्कलनसमेत गर्ने गरिएको छ। पुस्तकको बिक्री र चन्दा सङ्कलनबाट जम्मा भएको पैसा पारदर्शी रुपमा मानव सेवाका काममा उपयोग गरिएको इस्कोनले जनाएको छ।

प्रकाशित :२०८२ कार्तिक १३, बिहीबार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry