दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार डा आचार्यलाई

काठमाडौं। यस वर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ।

Advertisement 1

दण्डपाणि अज्र्याल स्मृति केन्द्रको हालैको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याप र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल सदस्य रहेको समितिले कूटनीतिज्ञ एवं शिक्षासेवी आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पचास हजार राशिको यो पुरस्कार यही चैत १३ गते प्रदान गरिने छ।
–––

प्रकाशित :२०८२ चैत्र ४, बुधबार ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry