प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयल निगमको ३ करोड
काठमाडौं। नेपाल आयल निगमले बाढीपहिरो तथा डुबानबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
Advertisement 1
आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
Advertisement 2
निगमका कार्यकारी निर्देशक डा. भट्टले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापनाका लागि सरकारले देखाएको दृढता र सक्रियतामा सहयोग पु¥याउन उक्त सहयोग गरिएको जानकारी दिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलगायत मन्त्रालयका पदाधिकारी र निगमका उच्चपदस्थहरुको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरिएको हो।
Advertisement 3
उक्त सहयोगले विस्थापितलाई पुनःस्थापनाका लागि थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको निगम प्रमुख भट्टको भनाइ छ।
प्रकाशित :२०८१ कार्तिक ५, सोमबार १०:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%