सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौ। सुनको मूल्यमा सामान्य गिरावट भएको छ। बिहीबारको तुलनामा १ तोला सुन रु ४ हजार २०० ले सस्तो भएको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु २ लाख ३९ हजार २०० मा कारोबार भएको १ तोला सुनको मोल आज रु रु ४ हजार २०० ले घटेर रु २ लाख ३५ हजार कायम भएको छ।

चाँदीको मूल्य भने बढेको छ। बिहीबार १ तोला चाँदी रु ३ हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु ३ हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ।

Advertisement 2

अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ३ हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित :२०८२ आश्विन २४, शुक्रबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry