८ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

काठमाडौं। देशका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म ८ हजार ५४ जना कारागारमा फर्किएका छन्। फर्किएकामा कारागारबाट भागेका ७ हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

Advertisement 1

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो। उनका अनुसार अझै ६ हजार ४९४ कैदीबन्दी फरार छन्। फरार हुनेमा कारागारबाट भागेका ५ हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए। यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ। कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन्।

प्रकाशित :२०८२ आश्विन १०, शुक्रबार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry