ब्याट २६ समूहद्वारा नेपाल प्रहरीलाई १ लाख सहयोग

काठमाडौं। २०६८ सालको भाद्र २८ गते लोकसेवा आयोगको सिफारिसमार्फत शाखा अधिकृत पदमा नियुक्त भएका कर्मचारीहरूको अनौपचारिक समूह “Bat 26” ले नेपालको वर्तमान असहज परिस्थिति र सुरक्षाप्रति देखिएको संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गरेको छ।
Advertisement 1
बिहिबार उनीहरूले नेपाल प्रहरीका प्रमुख चन्द्रकुबेर खापुङलाई समूहबाट संकलित रु १,०१,१११ अक्षरूपी (एक लाख एक हजार एक सय एघार रुपैयाँ) नेपाल प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
“Bat 26” समूहले हरेक वर्ष भाद्र २८ गतेलाई आफ्नो स्थापना दिवसको रूपमा विविध सामाजिक तथा रचनात्मक गतिविधिहरूका साथ मनाउँदै आएको थियो। तर, यस वर्ष मुलुकमा उत्पन्न असहज वातावरणका कारण औपचारिक कार्यक्रम आयोजना गर्न सम्भव नभएको समूहले जनाएको छ।
Advertisement 2
समूहका सदस्यहरू अहिले मुलुकका विभिन्न सरकारी ओहदाहरूमा कार्यरत छन्। हालको राष्ट्रिय परिवेशमा सुरक्षाकर्मीहरूले भोग्नुपरेको चुनौतीलाई साझा पीडाका रूपमा आत्मसात गर्दै, समूहले एकआपसमा रकम संकलन गरी नेपाल प्रहरीलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको थियो।
Advertisement 3
समूहले राष्ट्रिय सुरक्षामा समर्पित प्रहरी बलप्रति सम्मान प्रकट गर्दै, साना प्रयासहरूमार्फत मनोबल अभिवृद्धिमा टेवा पुर्या उन पाउँदा गर्व महसुस भएको जनाएको छ।