खाली कागज र प्रजातन्त्र

खाली कागजमा जस्तो रंग पनि भर्न मिल्छ, जस्ता अक्षर पनि भर्न मिल्छ त्यसैले यो पारदर्शी हुदैन। पारदर्शी त्यसलाई भनिन्छ जुन वहु -अर्थी हुदैन, अर्थात एउटै अर्थ लगाउन मिल्ने प्रवृत्ति नै पारदर्शिता हो। प्रजातन्तान्त्रिक प्रणाली पनि एक पारदर्शी शासन ब्यबस्था भएकोले यसले खाली कागजलाई प्रजातन्त्रमा माध्यम बनाउन सक्दैन।
यो प्रसंग किन आयो भने नेपाली कांग्रेस जसले प्रजातन्त्रको अगुवाई गर्छ त्यसका सांसदहरू केहीले खाली कागजमा हस्ताक्षर गरेर आफ्ना संसदीय दलका नेतालाई बुझाएछन् र केहीले त्यो खाली कागजमा सही गर्न नमानेको कुरा पनि संगै छापामा आयो।

Advertisement 1

यहां कुरो स्पस्ट आएन कि के कामको लागि सो हस्ताक्षर अभियान चलाईयो र किन विरोध भयो? नेपालको संविधानमा धेरै स्थानमा सांसदको दुई तिहाई मतको जरूरत पर्ने देखाईएको छ। ती मध्ये कुनै पनि कुरा जानकारी नगराई दुई तिहाई मत जम्मा गर्न खोजिएको हो भने यस्तो चोर बाटो किन रोजियो? संसदीय प्रजातन्त्र अवलम्वन भएको हाम्रो संसदमा पारदर्शी तवरले सरकारले आफ्ना कुरा राखेर सांसदहरूको समर्थन लिन सक्नु पर्थ्यो तर त्यसो नगरेर किन झुक्याएर वा केही नभनीकन किन सांसदको हस्ताक्षर खाली पानामा संकलन गर्नु पर्यो? फेरि सरकार त अपारदर्शी भयो भनौ भने पनि यी सांसदहरु किन सरकारको वन्धक बन्नु पर्यो? के हामीले ल्याएको गणतान्त्रिक शासन ब्यबस्थामा पनि सांसदहरु स्वतन्त्र नभएर पार्टीका झोले हुन वाध्य छन्? यदि सांसदहरु कुनै ब्यक्ति वा सरकारका खेताला हुन् भने सार्वभौम संसद, स्वतन्त्र संसद, सांसद खोज्न अर्को कुन राजनीतिक ब्यबस्था ल्याउनु पर्ने हो? यहां, संसदलाई कुन्नि के को टाउको देखाएर कुन्नि के को मासु बेच्ने थलो हो भन्ने पार्टी संग यसको उत्तर खोजिएको हैन, न कि कार्यकर्ताहरूको विवेक हुदैन तिमीहरू सबै झोले हौ भन्ने पार्टी संग यसको उत्तर खोजिएको हो, यसको उत्तर त लामो समय देखि नेपालमा प्रजातन्त्र ल्याएको दावी गर्ने पार्टी संग मागिएको हो।

पार्टी भित्र बिचारमा स्वतन्त्रता छैन, जन प्रतिनिधि सांसदहरूमा अभिब्यक्तिको स्वतन्त्रता छैन भने प्रजातन्त्रको मर्म र भावना के हो र प्रजातान्त्रिक पार्टी भनेर कस्तालाई भनिन्छ? के विवेकलाई वन्धक राखेर प्रजातान्त्रिक भईन्छ? कि हाम्रा प्रतिनिधिहरू पार्टी र नेताका दाश हुन्? थाहा छ कि छैन आफूलाई प्रजातान्त्रिक मान्ने विश्वका मुलुकहरूमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको विपक्षमा उनकै पार्टीका सांसदले चित्त नबुझेमा विपक्षमा मतदान गर्न सक्छन्। यो प्रजातन्त्रको मान्यता र मर्म हो तर हाम्रो देशको प्रजातान्त्रिक दलका सांसदले के वाध्य भएर संसदको उपयोग गर्दै फरक गन्तब्यमा जान खोज्ने पार्टीलाई समर्थन गर्दै खाली कागजमा सही धस्काए?

Advertisement 2

प्रजातन्त्रको नाममा अधिनायकता ल्याउन खोज्ने संग हातेमालो गरेर जादा जनताले तिमीहरूलाई कसरी विश्वास गर्ने? एक पटक हैन पटक पटक यस्ता गल्ति गर्दै जाने, जे मा पनि ह्वीप लगाउने र ह्वीप मान्दै जाने हो भने गैर प्रजातान्त्रिक संग तिमीहरूलाई कसरी छुट्याउने? तिमीहरू बीचको सीमा कसरी छुट्याउने? यस्तो परिवेशमा खाली कागजमा हस्ताक्षर गरिएको सो हस्ताक्षर फिर्ता गरी भविष्यमा यस्ता प्रजातन्त्र विरोधी गतिविधिमा नलाग्ने अपेक्षा गरिन्छ।

तिमीहरूका गतिविधिहरू चुनाव अगाडि देखि नै प्रजातन्त्रको विपक्षमा देखिदै आएका हुन्। चुनाव मै सबै क्षेत्रमा आफ्ना उमेद्वार नउठाएर वामपन्थी दल र यसका उम्मेद्वारलाई मतदान गर्न आह्वान गर्यौ, पार्टीका नाममा घोषणा पत्र निकालेर मत माग्ने हिम्मत गरेनौ, कार्यकर्ताको मर्म र भावनालाई कुल्चिदै आफूलाई वर्ग शत्रु ठान्नेलाई मत माग्दै हिड्यौ, अरू पार्टीहरू लाई संयोजन गर्ने पार्टीको परम्परालाई बिर्सेर अरूको संयोजनमा समाहित भयौ र अन्त्यमा यतिले मात्र नपुगेर आफ्ना सांसदलाई खाली कागजमा सही गर्न लगायौ। यति हुदा हुदै धन्न यो पार्टी भित्र केही सांसद पनि रहेछन् जसले यो प्रवृत्तिको विरोध गर्दै खाली कागजमा सही नगर्ने आंट देखाए, धन्यवाद छ ती प्रजातन्त्रका पहरेदार सांसदहरूलाई।

प्रकाशित :२०८२ भाद्र ५, बिहीबार १६:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry