राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्धारा पदभार ग्रहण

काठमाडौं। नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBBL) को सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन्। साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उनले पदभार ग्रहण गरेका हुन। आजै पदभार ग्रहण अघि अध्यक्ष देव कुमार ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल समक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।

ढकालसंग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ। पछिल्लो समय राष्ट्र बैंकको कार्यकारि निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन्।
नवनियुक्त ढकाललाई बैँक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा.सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैँकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका छन्।
प्रकाशित :२०८२ श्रावण ५, आईतवार १६:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%