१ आइटी इन्जिनियरसहित अध्यागमन कार्यालयबाट ९ जना अस्थायी कर्मचारी बर्खास्त

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले १ जना आइटी इन्जिनियर सहित ९ जना कर्मचारीलाई बर्खास्त गरेको छ। करार सेवामा रहेका १ जना आइटी इन्जिनियर, ५ जना कार्यालय सहयोगी र ३ जना हल्का सवारी चालकको करार अवधि खारेज गर्दै उनीहरूका लागि अध्यागमन कार्यालयमार्फत जारी गरिएको स्थायी पास निष्क्रिय बनाइएको छ।

Advertisement 1

प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार आइटी जनक ढकाल, गुञ्जा बुढाथोकी, दिपेन्द्र दाहाल, श्रीराम सिलवाल, रमिता नेपाली, देवीकुमारी पोखरेल, इन्द्रबहादुर बोहोरा, चिजा पराजुली र चिनमाया स्याङ्वोको करार सेवा अवधि खारेज गरिएको हो। उनीहरूको स्थायी पास निष्क्रिय गराउन अध्यागमन कार्यालयले नागरिक उड्डयन कार्यालयलाई पत्राचार गरेको छ।

अध्यागमन कार्यालयले अध्यागमन कार्यसम्पादनमा देखिएको विभिन्न ‘सेटिङ’ संलग्नतासँग सम्बन्धित आशंका देखिएपछि प्रमुख अध्यागमन अधिकृत कोइरालाले उनीहरूलाई बिदाइ गरेको वताइएको छ।

प्रकाशित :२०८२ श्रावण ३, शुक्रबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry