विवाह-भोज क्षणिक मोज अनन्त बोझ

काठमाडौं। सर्वमान्य सिद्धान्त आजसम्म कसैले प्रतिपादन गरेको छ जस्तो लाग्दैन। विविधता बीच सिद्धान्तका हागा बिगा पनि अनेक होलान्। लेखनका अनेकौं विषय थिए नै तर मेरो मगजले खुल्दुलीको यो ताप भित्रबाट किन यहि विषयलाई उठान योग्य ठान्यो? निचोडको अन्तिम विन्दुमा नपुग्दा नपुग्दै विवाह परिभाषाका दृष्टिले अनेकौं भावार्थ लाग्न सक्लान्। विवाहका विज्ञ समाजशास्त्री एडवार्ड अलेक्ज्यान्डर वेष्टरमार्क, मानवशास्त्री एडमण्ड रोनाल्ड लिच जस्ता मानवशास्त्रीले गरेको परिभाषालाई मान्ने हो भने विवाह आनन्दको सिद्धान्त भन्दा प्रजननको सिद्धान्तमा आधारित छ। उनीहरुको परिभाषा नै सहि ठान्ने हो भने विवाहलाई निम्न आधारमा हेर्न सकिदो रहेछ।

Advertisement 1

विवाह– प्रथा जनित वा कानुनी वा सामाजिक मान्यताको पहिलो आधार यौनिकतामा एकाधिकार, श्रममा अधिकार, सम्पत्तिमा अधिकार, सन्तानका सम्बन्धमा खास अधिकार र कर्तव्य, परिवार र नातेदारबीच सम्बन्ध, व्यक्तिगत जैविक सन्तुष्टि, मनोवैज्ञानिक सन्तुष्टी र सामूहिक तहमा समूह र यसको संस्कृति निरन्तरतामा सुनिश्चितता।

हाम्रै देशमा एकाध सय वर्ष अगाडिसम्म एउटा राजाले दर्जन बढी विवाह गरेको पाइन्छ। समयक्रम सगै हाम्रो मुलुकमा केही अदलबदल भएता पनि र कति मुलुकमा देश अनुसार बहुपति प्रथा र बहुपत्नी प्रथा छँदै छ। विवाह वास्तवमै सामाजिक, धार्मिक बन्धन र खुल्ला जेल का रुपमा मानिएता पनि पछिल्लो चरण विवाह शब्द र परम्परालाई विकृत बनाइएको छ। कतिलाई ठगी खाने सम्बन्ध बनेको छ। विवाह धर्मसँग जोडिए सगै मानव, परिवार र समाजको मर्यादाको रुपमा समेत स्थापित हुन पुगेको हो।

Advertisement 2

धर्मका कारण धेरै मान्छे कानूनको दायराभित्र जान नसकी खुम्चिन बाध्य छन् भने कोही आफ्नो आवश्यकता र इच्छापूर्तिका लागि समाज र कानूनी बन्धन तोड्न बाध्यपनि छन्।

समय परिवर्तनशील छ। समयसँगै सोच, संस्कार र व्यवहार पनि परिवर्तन हुँदै जानु अस्वाभाविक भएन। हामीले।बदलिँदो समयसँग तालमेल मिलाउन सकेनौं भने, हामी आफैं पछाडि परिरहेका हुन्छौं। विवाह त्यही विषय हो, जुन नेपाली समाजमा परम्परागत रूपमा सामाजिक प्रतिष्ठाको सूचक मानिँदै आएको छ। के आज पनि यही सोच उपयुक्त छ ? विवाहलाई दुई आत्माको मिलन भनिएपनि आज सामाजिक प्रतिस्पर्धाको माध्यम बनेको छ। विवाहका नाममा सामान्य पनि ८/१० तोला सुन, भव्य भोज, महँगा लत्ताकपडा,आदि इत्यादिमा लाखौं खर्च गर्ने परम्परा बन्दै छ। विवाह जस्तो पवित्र संस्थालाई अनावश्यक खर्च र समाजको देखावटी मानसिकताका कारण आर्थिक समस्याको जड बन्दै गएको छ। फलस्वरूप युवाहरू देशभित्र रहनुभन्दा वैदेशिक रोजगारीमा जान बाध्य पारिएका छन्। यो केवल व्यक्तिगत समस्यामात्र होइन, देशको जनसांख्यिक र सामाजिक संरचनाका लागिपनि खतराको विषय हो।

Advertisement 3

एकातर्फ बेरोजगारी, अर्कोतर्फ अत्यधिक खर्चिलो विवाह। यो दोहोरो मारले गर्दा आज नेपाली समाजमा वैवाहिक जीवन सुरुवातको खुसी होइन, संकटको थालनी बन्न थालेको छ। विवाह खुसीको प्रारम्भ हो, बोझको होइन। अब समय आएको छ – विवाहमा अनावश्यक खर्च गर्नुभन्दा व्यावसायमा लगानी गरौ। सीपमा लगानी गरौ। लाखौ खर्चेर दुई आत्माको मिलनलाई द्रव्यमा रुपान्तरण गर्नुभन्दा वैवाहिक जीवन पछिको खुसीमा कसरी लगानी गर्दा दिगो र मजबुत हुन्छ त्यता ध्यान दिउँ। सस्तो, मर्यादित, आत्मीय र सम्मानजनक विवाहलाई नयाँ सामाजिक संस्कारको रूपमा स्थापना गर्न हामी सबैले सशक्त पहल गर्न जरुरी छ। खर्चिलो विवाहको विकल्प खोजौं— आर्थिक स्वतन्त्रता र पारिवारिक स्थायित्वको मार्ग निर्माण गरौं।”परिवर्तन सधैं असहज लाग्छ। तर असहज कुराबाटै नयाँ सम्भावना जन्मिन्छ।”

प्रकाशित :२०८२ असार १९, बिहीबार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry