नेपाली जनताले खोजेको कर्मचारितन्त्र
कर्मचारितन्त्रको धारणा जनताको सेवककाे रुपमा आएको होइन। राजा वा शासकको सेवा गर्ने तन्त्र यसको अवधारणा हाे। यसले शासकको इसारामा काम गर्छ। त्यसैले कर्मचारीतन्त्रका विशेषताहरु जनमुखी भन्दा कानुन र प्रक्रियामुखी बढी हुन्छन्। राजाहरूको अन्त्यपछि शासनका संयन्त्रहरुमा यही कर्मचारीतन्त्रको धारणा हावी हुँदैगयो। यसको मूल स्वरुप जनमुखी होइन। शासक मुखि नै हो। नेपालमा कर्मचारीतन्त्र शासक मुखी हुने चरित्र नयाँ होइन । यद्यपि सात सालपछि कर्मचारीतन्त्रलाई जनमुखी र परिणाममुखी बनाउने कानूनहरू थुप्रै आए। तर अझै पनि जनताले खोजेको जस्तो नेपालकाे कर्मचारीतन्त्र संस्थागत हुनसकेको छैन।
Advertisement 1
सेवाग्राहीलाई जनता मान्ने व्यवस्थापनको पछिल्लो सिद्धान्तले कर्मचारीतन्त्रलाई जनमुखी बनाउन सक्दैन। सन् २००० पछि नया व्यवस्थापनका सिद्धान्तले जनता र शासनलाई जोड्ने अवधारणा अगाडि ल्याए । यसभन्दा अघि कर्मचारीतन्त्रलाई जनतासँग सोझै कहिले जोडिएन। किनकि कर्मचारीतन्त्रको उत्तरदायित्व जनता संग होइन शासक तिर केन्द्रित छ। आज पनि कर्मचारितन्त्र सरकारको वितरण प्रणालीलाई व्यवस्थित गर्ने संयन्त्र जस्तो मात्र देखिन्छ।। नतिजा दिन सक्ने कर्मचारी जनताले खोजेका छन्। तर हामी सेवाग्राहीसन्तुष्टि सर्वेक्षण गर्छौं । र , कर्मचारीतन्त्रले दिएको नतिजाको मूल्यांकन गर्छौ । तर जनताले कर्मचारीतन्त्रलाई गर्ने मूल्यांकन फरक छ ।अहिलेपनि नेपालको कर्मचारीतन्त्रलाई जनताले तथस्ट र निष्पक्ष ठान्दैनन्। कारण, नेपालको कर्मचारीतन्त्र योग्यताकाे भारीबाट थिचिएको छ। सेवक भन्दा शासकको भूमिका निर्वाह गर्न अझै छोडेको छैन। नतिजा दिने जोसुकै होस् जनताहरू त्यसैलाई योग्य कर्मचारी ठान्छन्। जनता र कर्मचारीको बीचको खाडल यहीँनेर फराकिलो छ । किनकि कर्मचारीहरु आफूलाई योग्य ठान्छन् जनमुखी बनाउन सक्दैनन।
राजनीतिले नव प्रवर्द्धनकारी नेतृत्वको खोजी गर्दैछ। यो नेतृत्व उत्तरदायी र पारदर्शी हुने कुराको निश्चितता जनताले चाहेका छन्। अझैपनि सरुवा ,बढुवामा विकृत माथिल्ला कर्मचारीहरूको नाम मिडियामा अग्रपंतिमा आउँछ। के यसको मूल्यांकन जनताले सेवाग्राहीको रुपमा मात्र गरेका छन् त ? सरुवा ,बढुवा र मूल्याङ्कनका समाचार नजिकैबाट हेरिन्छन्। यो विकृतिलाई सर्वसाधारणले मूल्यांकन गरिराखेका हुन्छन्।तर राजनीति नेतृत्वलाई जस्तो कर्मचारीतन्त्रलाई उनीहरुले फेरबदल गर्न सक्दैनन्।
Advertisement 2
आफूलाई सेवा दिने योग्य कर्मचारी प्राप्त गर्न नसक्नु हाम्रो बिडम्बना नै हो ।किनकि यहाँ योग्यताको होइन, सम्बन्ध र स्वार्थको आधारमा वृत्तिविकास हुन्छ। लेनदेनको विषय त जताततै समाचारहरूमा देखिएकै छ। योग्य कर्मचारी एकातिर थन्किएर पैसा र सम्बन्धका भरमा पदलाई प्रतिष्ठा ठान्ने राजनीति र कर्मचारीले कस्तो परीणाम पाउँछन् , नतिजा भुटानी शरणार्थी प्रकरणले देखाएकै छ। यो त एउटा उदाहरणमात्र हाे खोतल्दै जाने हो भने यस्ता विकृतिका चाङहरू विभिन्न मन्त्रालयमा नभेटिने कुरै छैन। किनकि नेपालको उच्च प्रशासक वर्गले आफ्नो योग्यतामा भरोसा गर्ने अझै सकेको छैन।
कर्मचारीको किन सरुवा भयो । खटाएको ठाउँमा किन गएन। समयमा बढुवा भयाे की भएन । कर्मचारी सरुवा गर्दा सम्बन्ध हुन्छ कि हुँदैन। यो विषयमा जनताले खासै चासो दिँदैनन। उनीहरूको एउटामात्रै चासो हुन्छ। सेवा दिने कर्मचारी जनमुखी छ कि छैन। छरितो सेवा पाईन्छ कि पाईदैन। प्रक्रियामुखी भन्दा नतिजामुखी सेवा छ कि छैन। कर्मचारीले छिटो काम गर्छ कि गर्दैन। विश्वपरिवेश देखेका हामीहरु त्यस्तै अनुसारको सेवा कर्मचारीबाट चाहन्छौ। के याे अपेक्षा राख्नु जनताको भूल हाे । यही नेर जनताले कर्मचारीतन्त्रको मूल्याङ्कन गरिराखेका हुन्छन।
Advertisement 3
जनता सेवा चाहन्छन्। शासन र सेवा बिचको सेतु कर्मचारितन्त्र हाे। अझैपनि जनतालाई दिने सेवामा संगठन र संस्थाका निर्माण जनमुखी छैनन् ।एकीकृत सेवा केन्द्र अझै छैनन। राजनीतिक हिसाबले संघियता जनतासम्म पुग्यो। तर वितरण गर्ने सेवा जनमुखी अझै भएन । प्रक्रियामुखी धेरै छ । यस्तै सेवाको वितरणमा पनि फाइदा कहाँ लिन सकिन्छ। राजनिति र कर्मचारी वर्ग यसैमा तल्लीन छन्। आफ्नो ज्ञानको प्रयोग गर्नसक्ने, राजनीतिक नेतृत्व लाई बुझाउन सक्ने र स्वार्थ विहिन कर्मचारीतन्त्र आजको आवश्यकता हो। जसले परिवर्तित राजनीतिलाई सुशासनका लागि डोर्याउन सक्छ। अब पनि बिकृतिलाई नत्याग्ने हो भने जनताले खोजेको कर्मचारितन्त्र फरक हुन सक्छ । परिवर्तित विश्वबाट थुप्रै उदाहरणहरु हामीले देखिसकेका छौ।