मानसिक रुग्णताले पिरोलिएको समाजलाई छहारी प्रदान गर्दै ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रि

कल्पनाशील व्यक्तित्वहरु सुदूर भविष्यबारे सोचेर आफ्नो सीप, जाँगर र सोचप्रतिको आत्मचिन्तनमा व्यस्त रहन्छन्, रचनात्मक सोचले नवीनताको खोज गर्न उत्प्रेरित गर्दछ । खोज, अन्वेषण र अनुसन्धानमुखी हुन्छ । प्रतिफल स्वरुप नयाँ–नयाँ सिर्जनाहरुको ढोका उघारिन्छ । ठूला ठूला वैज्ञानिक आविष्कारहरु, अनुपमेय लेख र रचनाहरु, अकल्पित गन्तव्य सम्मको पहुँच, भीमकाय संरचनाहरुको निर्माण आदि–आदि सबै सोचमा आधारित अभूतपूर्व खोजहरु हुन् । सोच र खोज आधुनिक विज्ञानका मुहानहरु हुन् ।

Advertisement 1

यस्तै मानव हितलाई केन्द्रमा राखेर परिकल्पित खोजको आधारमा निर्मित, समय सापेक्ष संस्थाको नाम हो– ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रि प्रा.लि., चितवन । भौतिकताको विकास सँगसँगै यसका नकारात्मक पक्षहरुले पनि मलजल प्राप्त गर्दै जानु अस्वभाविक होइन । प्रतिफल स्वरुप समाजमा जन्मिने विकृति, विसंगति, कुसंस्कार, कुरीति र कुकृत्यहरुको प्रभावबाट मानिस अछूतो रहनै सक्दैन । असीमित आवश्यकताको पछि दगुर्दा–दगुर्दा मानिस शारीरिक र मानसिक रुपले थिलथिलो बनेर थकित बन्छ । अनि जन्मिन्छन्– शारीरिक, मानसिक समस्याहरु ।
मानसिक समस्या मन्दविष झैं विकसित हुन थाल्छ । समयक्रममा यसले व्यक्ति स्वयं, परिवार र समाजलाई समेत खतरनाक मोडतिर डोहो¥याउँदछ । शारीरिक रोगले सीमित दायरा प्रभावित बन्छ तर मानसिक रोगको शिकार व्यक्ति सिंगो समाज, राष्ट्र र संसारलाई नै हानिकारक बनिदिन्छ । धार्मिक अतिवादीहरु, क्रूर तानाशाहहरु र विश्वप्रसिद्ध कुख्यात आपराधिक तत्वहरु यसका जिउँदो उदाहरण हुन् । उनीहरु रोगी थिए र हुन् ।

एउटा सानो कोठामा बसेर यस्तै–यस्तै कल्पनाले घेरिइरहेको बेला युवा मनोचिकित्सक डा. गिरीराज भन्तानाको मस्तिष्कमा एउटा मानवहितोपयोगी सपनाले जन्म लियो । मनोचिकित्सासँग जोडिएको आफ्नो सीप, दक्षता र जाँगरलाई समाजहितमा समर्पण गर्ने काउकुतीले उनको मनमस्तिष्क छटपटिन थाल्यो । के गरौं, कसो गरौंको अन्यौलता त्यतिबेला मेटियो, जब उनको मनोमस्तिष्कमा ‘ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रि’ परिकल्पनाले जन्म लियो । उनी खुशीले फुरफुर भए ।
तर सजिलो थिएन, स्वप्नलाई क्रियान्वयन गर्न, ठूलै धनको आवश्यकता जुन पर्दथ्यो । तर दृढ निश्चयी युवा डाक्टर हार मानेर बसेनन् । आफू सकिएरै भएपनि सपना साकार पार्न उनी कसिएर लागे । साथीभाइ र शुभचिन्तकहरुसँगको राय, सल्लाह र परामर्शपछि कार्यान्वयन पक्ष अघि बढ्यो र संस्थाको वर्तमान रुपले आकार लियो, ‘ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रि प्रा.लि. चितवन ।’

Advertisement 2

जीवन खुशी नै खुशीहरुको बहार मात्र होइन, दुःख, बाधा, वेदनादिहरुको योग पनि हो । सुखले मानिसलाई सीमित गर्छ । आफैंभित्र हराउने बनाइदिन्छ । दुःखले मानिसलाई असीमितताको खोजीतिर डो¥याउँदै नवीन रचनात्मक सोचहरुको विकास गर्न झकझक्याउँछ । सुख जीवनको पूर्णविराम हो । दुःख निरन्तरताको यात्रा । पूर्णविराम मृत्यु हो, निरन्तरता जीवन । पूर्णविराम अन्त्य हो । निरन्तरता पल प्रतिपल नयाँ सोच र नयाँ खोजको प्रारम्भ ।

विषय ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रि र यसका परिकल्पनाकार, द्रष्टा र स्रष्टा डा. गिरीराज भन्तानासँग जोडिएको छ । एउटा मध्यम किसान परिवारमा जन्मिएका, हुर्किएका, बालवयदेखि नै परिवारका सदस्यहरुसँगै पाखुरी खेलाउँदै आएका भन्ताना पनि प्रकृतिको नियम विपरीत सधैं–सधैं खुशी रहनु सम्भव थिएन । प्रजातान्त्रिक योद्धा पिताको कुनै पनि समय निरंकुश सत्ताद्वारा गरिन सक्ने सम्भावित गिरफ्तारी, यातना र हत्या समेतको आशंकाको कहालीलाग्दो अनुमानले पनि चह¥याउँथ्यो मन । तीन दाजुभाइ र दुई दिदीबहिनीहरु समेतको ठूलो परिवार । कृषि पेशामा अहोरात्र समर्पित आमाको शिथिल अनुहार । पाँच÷पाँच जनाको पठनपाठन र परिवारका सदस्यहरुको स्वास्थ्य लगायत अन्य आवश्यकीय खर्चहरु आम नेपाली समस्या त्यहाँ पनि थिए नै ।

Advertisement 3

ईश्वर कृपालु हुनुहुन्छ सायद त्यसै भनिएको होइन होला । घरमै खोलिएको ढाका टोपी उद्योग र अन्य भइपरी काममा परिवारलाई सघाउँदै आएका उनी सानैदेखि तीक्ष्ण बुद्धिका थिए । कारण पढाइमा उनी अब्बल हुने नै भए । अब्बलताले अवसरहरुको ढोका पनि खोलिदिन्छ । उनको क्षमता, रुचि र उत्साहलाई प्रोत्साहित गर्ने अग्रजहरुले सम्भावनाको त्यो बीजलाई उम्रिने, बढ्ने, फुल्ने अवसर जुटाइदिए । उनीहरुको योगदानले सार्थकता पायो, त्यही बीज आज वृक्ष बनेर ‘ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रि’लाई छहारी दिइरहेको छ, जुन उनको आफ्नै परिकल्पना हो ।

यो कसरी भयो ? समाजमा परस्पर तत्वहरुको (जैविक, सामाजिक, राजनीतिक, सांस्कृतिक, पर्यावरणीय आदि) उपस्थिति प्रकृतिको नियम नै हो । उनले देखे समाज विभिन्न विकृति, विसंगति र विकारहरुले ग्रसित र आक्रान्त छ । कुरीति, कुसंस्कार, कुप्रथा, हिंसा, लुटले अभिशप्त छ । अपेय र अखाद्य वस्तुहरुको अनुचित उपभोगवादी संस्कृतिले थिलथिलिएको छ । परिणामतः मानसिक रोगले समाजलाई डसेको छ । उनले स्वयं समाजमा व्याप्त त्यसको प्रभावलाई आफ्नै आँखाले देख्ने, भोग्ने र बुझ्ने मौका पाए । आफ्नै नजिककोलाई गुमाउँदाको पीडा पनि भोगे । मानसिक रुग्णताले पिरोलिएको समाज, संवेदनशील मनले साइकियाट्रि विषय रोज्यो । आज उनी एक कुशल र वरिष्ठ साइकियाट्रिष्टको रुपमा दुःखी मनहरुको सेवामा समर्पित छन् ।

एकाध पटक भेटेको मानिसले उनको स्वभावमा रुखोपन र बोलीमा तीखोपन पाउन सक्छ । तर त्यो सायद उनको व्यक्तित्वको एउटा पाटो हो । उनीसँग बस्दै, बुझ्दै र संगत गर्दै जाँदा ती सबै सामान्य लाग्न थाल्छन् । उनको व्यक्तित्वको अर्काे पाटो अत्यन्त कोमल, संवेदनशील र पीडित बिरामीमैत्री छ । उपचार नै कर्म र सेवा नै धर्मको रुपमा लिएर अघि बढेका डा. भन्तानाले वार्षिक रुपमा १० प्रतिशत पीडितलाई निःशुल्क, स्थानीय वडावासी पीडितलाई विशेष सहुलियत र उपचाररत बिरामीलाई दक्षता र योग्यतानुसारको सेवाको मौका दिने नीति लिएकोले पनि उनको कोमल र जिम्मेवार हृदयको अनुमान गर्न सकिन्छ ।

प्रकाशित :२०७८ आश्विन १, शुक्रबार १३:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry