प्रदेशस्तरीय ‘आमन्त्रण मेयरकप कराते प्रतियोगिता’ भक्तपुरमा

भक्तपुर। भक्तपुरमा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयरकप कराते प्रतियोगिता’ आयोजना हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सूर्यविनायक नगर सितोरियो कराते सङ्घले यही जेठ ९ र १० गते प्रतियोगिता आयोजना गर्ने भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
प्रतियोगिता संयोजक रामशरण त्वातीले मेयरकप प्रतियोगितामा करिब १० स्थानीय तहका विभिन्न समूहको सहभागिता रहने जानकारी दिँदै भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरि, काठमाडौँ र गोदावरी नगरपालिकाबाट सहभागिता हुने बताए। अन्य पालिकालाई पनि सहभागी गराउँदै जाने उनले उल्लेख गरे।
प्रतियोगितामा महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा सात वटा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ भने पुरुषतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र काता विधामा आठ वटा इभेन्टहरू आयोजना गरिनेछ।
प्रतियोगिता खेलको अन्तरराष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने जानकारी दिँदै आयोजक सङ्घका अध्यक्ष कृष्णराम जाकीबञ्जारले प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय रेफ्रीहरूले निर्णयकारी भूमिका निर्वाह गर्ने बताए।
प्रतियोगिताको समापनमा हरेक तौल समूहका विजेता खेलाडीलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ। समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई विशेष सम्मानस्वरूप ट्रफी प्रदान गरिनेछ। कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको छ।
प्रकाशित :२०८२ जेष्ठ ७, मंगलवार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry