निजामती कर्मचारीलाई विवाह विदा पनि दिने विधेयकको मस्यौदा तयार
निजामती कर्मचारीहरुले अव देखि विवाहका लागि पनि विदा पाउने भएका छन्। संघीय निजामती सेवा विधेयकको मस्यौदामा यस्तो ब्यवस्था गरिएको छ।
Advertisement 1
संघीय सरकारले संघीय निजामती सेवा विधेयक, २०७९ को मस्यौदालाई अन्तिम रुप दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिका लागि पठाएको ऐनको मस्यौदा कानुनी परामर्शका लागि पठाएको छ । यी दुई मन्त्रालयबाट प्राप्त सुझाव समेटेर पहिले मन्त्रिपरिषद् र त्यसपछि संसदमा पेश गर्ने संघीय मामिला मन्त्रालयको तयारी छ । मस्यौदामा कर्मचारीलाई विवाह बिदा पनि दिने व्यवस्था छ। यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन ।
७३ पृष्ट लामो प्रस्तावित मस्यौदामा १४० धारा तथा उपधाराहरु रहेका छन् । कर्मचारीहरुले हालसम्म भैपरी आउने र पर्व बिदा, घर बिदा, विरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा, असाधारण बिदा र बेतलबी बिदा गरी ९ प्रकारका बिदा पाउँदै आएका छन् । अब यसमा विवाह बिदा पनि थपेर संघीय निजामती सेवाको विधेयक तयार पारिएको छ। यो विधेयक मन्त्रिपरिषदको विधेयक समितिले निर्णय गरेर संसदमा र संसदबाट संसदीय समिति हुँदै पुनः संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ।
Advertisement 2
त्यस्तै, १३ औं तहबाट १५ तहसम्म पुर्याइने,उमेर हदलाई ५८ बाट बढाएर ६० पुर्याउने, प्रदेश सचिव प्रदेश निजामती सेवाकै र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेशस्तरीय स्थानीय तहका कर्मचारी हुने नयाँ प्रावधानहरु मस्यौदामा समेटिएका छन् ।