कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताल

सरकारले कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताललाई जिम्मेवारी दिएको छ । हाल कोषको सहप्रशासक रहेका धिताललाई निमित्तको जिम्मेवारी दिइएको हो ।सरकारले तुल्सीराम गौतमलाई प्रमुख प्रशासक पदबाट हटाएसँगै धिताललाई निमित्तको जिम्मेवारी दिइएको हो ।
Advertisement 1
२०७६ साल जेठदेखि प्रमुख प्रशासक बनेका उनलाई एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार गौतमलाई अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन भनेका थिए, केपी ओली सरकारको पालमा नियुक्त भएका उनले राजीनामा दिन आनाकानी गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त गरेको हो ।
प्रकाशित :२०७८ भाद्र ११, शुक्रबार १५:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%