करिब १३ खर्ब रुपैयाँ पुग्यो मुलुकको बेरुजु रकम!

तस्बिर : ६१औं प्रतिवेदन बुझाउँदाको
काठमाडौं। सरकारी निकायमा खर्च गरेर हिसाब देखाउन नसकेको (बेरुजु) बेरुजु करिब १३ खर्ब रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयको ६२औं प्रतिवेदनअनुसार पछिल्लो १ वर्षमा करिब १ खर्ब रुपैयाँ बेरुजु रकम थपिएको हो।
Advertisement 1
यसअघि महालेखा परीक्षकको ६१ औं प्रतिवेदनअनुसार सरकारी निकायको बुरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड ८२ लाख रुपैयाँ रहेको थियो। त्यसमा करिब १ खर्ब रुपैयाँ बुरुजु थपिन लागेको हो।
१ खर्ब रुपैयाँ बेरुजु सहित पछिल्लो प्रतिवेदन महालेखा परीक्षकले बुधबार दिउँसो राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी रहेको महालेखा परीक्षक कार्यालय स्रोतले जानकारी दिएको छ। राष्ट्रपतिलाई बुझाएपछि कार्यालयले प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रकाशित :२०८२ जेष्ठ १, बुधबार १३:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%