भारत-पाकिस्तान तनाव चुलियो : भारतको आक्रमणमा ७ जनाको मृत्यु, कडा प्रतिवाद गर्ने पाकिस्तानको चेतावनी

काठमाडौं। भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। त्यसमा दुई बालबालिकासहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Advertisement 1

भारतीय रक्षा मन्त्रालयका अनुसार ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भारतीयमाथि भएको आक्रमणको बदलामा गरिएको हो। जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै आएको छ। त्यसैको बदला लिन बुधबार बिहान क्षेप्यास्त्र प्रहार गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटिक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।’ पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन्। साथै कडा प्रतिवाद गर्ने उनले चेतावनी दिएका छन्।

Advertisement 2

संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।’

प्रकाशित :२०८२ बैशाख २४, बुधबार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry