यूएईमा एनआरएनए अध्यक्षमा भीम मल्ल ठकुरी

यूएई। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईले अनुभवी, सक्षम र दूरदर्शी व्यक्तित्व भीम मल्ल ठकुरीलाई कात्तिक ३० गते अध्यक्षमा विजय गर्दै डायस्पोरा नेतृत्वमा नयाँ ऊर्जा थपिएकोे छ। यो विजय केवल पद परिवर्तन मात्र होइन, बरु यूएईमा कार्यरत लाखौं नेपालीहरूको भविष्य, आवाज र पहिचानलाई अझ सशक्त बनाउने खुबि रहेको छ।
Advertisement 1
सन् २००३ मा स्थापना भएको एनआरएनए विश्वभर छरिएका नेपालीहरूको ठूलो सामूहिक शक्ति हो। श्रमिकदेखि व्यवसायी, विद्यार्थीदेखि पेशेवर सबैलाई एउटै मञ्चमा जोड्दै नेपालको प्रगति, सुरक्षा र पहिचान प्रवद्र्धनमा निरन्तर सक्रिय संस्था हो।
अझ व्यापक सक्रिय बनाउँदै हालै अबुधाबीस्थित नेपाली दूतावासमा “गैरआवासीय नेपालीहरूको राष्ट्र निर्माणमा योगदान” विषयक कार्यक्रम सम्पन्न भयो। त्यसैगरी यूएईमा आयोजित छैटौँ मध्यपूर्व क्षेत्रीय बैठकले पनि एनआरएनएको भूमिका र क्षमताप्रति सरकार तथा समुदायको विश्वास झनै मजबुत बनाएको छ। यिनै सन्दर्भबीच भीम मल्ल ठकुरीको नेतृत्व उदाएको हो। नेतृत्व, जसले संगठनलाई व्यवस्थित, प्रभावकारी र उद्देश्य–केन्द्रित बनाउने भरोसा दिलाएको छ।
Advertisement 2
उपाध्यक्षको भूमिकाबाट अघि बढ्दै ठकुरीले विभिन्न आपतकालीन सहयोग, श्रमिक समस्या समाधान, संगठन विस्तार र समुदायिक समन्वयमा देखाएको सक्रियता उनका नेतृत्वगुणको स्पष्ट प्रमाण बनेको छ। अध्यक्षमा चयन भएपछि उनले व्यक्त गरेका कुरा अझै प्रभावशाली थिए। “यो सम्मान मात्र होइन, यो मेरा लागि ठूलो जिम्मेवारी हो। यूएईमा रहेका प्रत्येक नेपालीका लागि म इमानदार र समर्पित भएर काम गर्नेछु।” उनका यी शब्दहरूले यूएईको नेपाली समुदायमा नयाँ भरोसा जगाएको छ।
भीम मल्ल ठकुरी अध्यक्षमा पुगेको यो क्षण यूएईस्थित नेपाली समुदायका लागि प्रेरणा बनेको छ। सशक्त नेतृत्व मोडिएको, आशा फेरिएको र नयाँ यात्राको सुरुवात भएको क्षण। यो परिवर्तनले न केवल एनआरएनए यूएईलाई नयाँ उचाइमा पुर्याउनेछ, बरु विश्वभर रहेका नेपालीहरूको आवाज अझ सुसंगठित, सम्मानित र प्रभावशाली रूपमा प्रतिध्वनित हुनेछ भन्ने विश्वास गरिरहेको छ।












