विश्वबन्धुत्व र समानताको आवश्यकता

वसुधैव कुटुम्बकम्को अवधारणा पृथ्वीलाई एक परिवारको रूपमा मान्ने विचार हो। यसको उत्पत्ति प्राचीन उपनिषद् ग्रन्थबाट भएको हो जसमा सबै प्राणीहरूलाई समान मान्ने र समभाव राख्ने सिद्धान्त व्यक्त गरिएको छ। यसको अर्थ पृथ्वीका सबै जीवित प्राणीहरू एक परिवार हुन् र कुनै पनि प्राणीको अस्तित्व अन्य प्राणीहरूको अस्तित्वसँग बराबरीको हुन्छ। यस सिद्धान्तले व्यक्तिको निजी स्वार्थलाई परित्याग गर्ने र सम्पूर्ण विश्वसँग मित्रता र बन्धुत्वको भावना राख्न महत्त्व दिन्छ। यस विचारमा सबैलाई समान व्यवहार गर्नुपर्ने र द्वेषको भावना न राखी, एकजुट भएर संसारलाई शान्त र समृद्ध बनाउने कुरा गरिएको छ।
Advertisement 1
वैदिक परम्परा अनुसार, हामी सबै समान अस्तित्वका मालिक हौँ र सबैको जीवनको उद्देश्य र गन्तव्य समान छ। द्वेष र अहंकारको भावनालाई त्यागेर, विश्वबन्धुत्वको भावना अपनाउनु पर्छ। यसले केवल व्यक्तिगत जीवनमा होइन, समग्र मानवता र संसारको उन्नति र कल्याणमा योगदान पुर्याउँछ।वसुधैव कुटुम्बकम् भन्नाले प्रत्येक प्राणीलाई समान रूपले देख्ने र मानवीय समभावका साथ संसारको कल्याणका लागि कार्य गर्नुपर्ने आवश्यकता र महत्वलाई पुष्टि गर्छ। हाम्रा महर्षिहरूले दिएको उपदेश अनुसार, यो ब्रम्हाण्डमा हामी सबै एकजुट भएर हाँस्न, खेल्न र रमाउन सक्षम हुनुपर्छ। जीवनमा आपसमा द्वेषको भाव राख्नु, विभेद गर्नु र एकअर्कासँग शत्रुतापूर्ण व्यवहार गर्नु हाम्रो विकास र समृद्धिको लागि हानिकारक छ। यसको सट्टा हामीले सबैलाई समान दृष्टिले हेर्नुपर्छ र एक अर्कामा मित्रता र सहयोगको भावना स्थापना गर्नुपर्छ।
हामी सबैको मूल उद्देश्य एउटै हो—सफलता, समृद्धि र शान्ति। जब हामी एकअर्कामा प्रेम, स्नेह र सहकार्यको भावना राख्छौं, तब मात्र हामी सामाजिक र व्यक्तिगत रूपमा उन्नति गर्न सक्छौं। द्वेष र प्रतिस्पर्धा केवल अस्थिरता र तनाव ल्याउँछ, जबकि मित्रता र सहयोगले हाम्रो जीवनलाई सहज र सकारात्मक बनाउँछ। यसरी, जब समाजमा सबैले एक अर्कासँग मिलेर काम गर्छन् र हर्षित जीवन जिउँछन्, तब मात्रै समग्र संसारको उन्नति र कल्याण सम्भव हुन्छ।हामीलाई हामीजस्ता अरूसँग पनि सद्भाव राख्न, भेदभाव नगरी एकजुट भएर कार्य गर्न सिक्नुपर्छ। एकता र सहकार्यको भावना विकसीत गर्दा, हामी एउटा राम्रो र शान्तिपूर्ण समाजको निर्माण गर्न सक्षम हुनेछौं।
Advertisement 2
संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै सबैका बन्धु समान हुन् । कोही आफ्नो र कोही परका छैनन् । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन तबसम्म यो संसारमा अस्थिरता रहिरहन्छ । हत्यासिंहा जस्ता कार्य चलिरहन्छन् । सबैको समान अस्तित्वको स्वीकार गर्नुपर्छ भनी महोपनिषदमा भनिएको छ । अयं निजः परो वेति गणना लघुचेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् । (महोपनिषद्,४।७१)
“सानो चित्त भएका व्यक्तिले यो मेरो र यो अर्काको भनी भेदभाव गर्दछन्, उदार हृदय भएकाले पृथ्वीका सबैलाई आफन्त जस्तै व्यवहार गर्दछन्” भन्ने वाक्यांशले हामीलाई ठूलो शिक्षाको सन्देश दिन्छ।
सानो चित्त भएका व्यक्तिहरू आफ्ना स्वार्थ र अहंकारमा अड्किएका हुन्छन्, जसले गर्दा उनीहरूले मानिसहरूको बीचमा भेदभाव गर्न थाल्छन्। यस्तो विचारधारा केवल सीमित र संकुचित मानसिकतासँग सम्बन्धित छ, जसमा “मेरो” र “अरुको” को अवधारणा मात्र रहेको हुन्छ। यसले समृद्धि र शान्तिको बाटोमा अवरोध पुर्याउँछ।त्यसको विपरीत, उदार हृदय भएका व्यक्तिहरू सबै प्राणीलाई समान दृष्टिले हेर्छन् र सबैलाई आफन्तको रूपमा स्वीकार गर्छन्। उनीहरूले नकारात्मक भेदभाव र भेदबन्धनलाई परित्याग गर्छन् र समग्र समाजको भलो चाहन्छन्। यस्तो सोचले मानवता र बन्धुत्वको भावना बलियो बनाउँछ र समाजमा शान्ति र प्रेमको वातावरण सिर्जना गर्छ।यस्तो उदार दृष्टिकोणले मानिसलाई मानसिक शान्ति र खुशी प्रदान गर्छ, किनकि यो सोचाइले समाजलाई एकजुट गराउँछ र सबैलाई समान हक र अधिकारमा विश्वास राख्न प्रोत्साहित गर्छ। अन्ततः, यही मानसिकता विश्वभर समभाव र समानता ल्याउनका लागि प्रेरणादायक हुन्छ। हाम्रा महर्षिहरूको उपदेश अनुसार, हामीलाई यो ब्रम्हाण्डमा सबै प्राणीलाई समान दृष्टिले हेरेर, एकजुट भएर हाँस्न, खेल्न र रमाउन सक्षम हुनुपर्छ। द्वेष र भेदभावको भावना हाम्रो व्यक्तिगत र सामाजिक जीवनको लागि हानिकारक हुन्छ। यसको सट्टा, हामीले सबैलाई आफन्तजस्तै व्यवहार गर्नुपर्ने हुन्छ र एक अर्कामा मित्रता र सहयोगको भावना उत्पन्न गर्नुपर्छ। जीवनको सार्थकता एकता र सामूहिक प्रयासमा निहित छ।
Advertisement 3
हामी सबैको साझा उद्देश्य भनेको शान्ति, समृद्धि र उन्नति हो। जब हामी एक अर्कामा प्रेम, स्नेह र सहयोगको भावना राख्छौं, तब मात्र समाज र व्यक्तिगत उन्नति सम्भव हुन्छ। द्वेष र प्रतिस्पर्धाले मात्र अस्थिरता र तनाव ल्याउँछ, जसले हाम्रो विकासमा अवरोध पुर्याउँछ। यसको विपरीत, मित्रता र सहकार्यको भावना हाम्रो जीवनलाई सकारात्मक र सहज बनाउँछ। यो धराधाम हिजो न कसैको थियो, न आज कसैको छ र न भोलि कसैको हुनेछ । यो सबैको हो । मेरो वा हाम्रो भन्नु दुःखको कारण हो । संसारमा युद्धका विभीषिका यही अहंभावका कारण छेडिएका छन् । महाभारत, युद्ध यसैका ज्वलन्त उदाहरण हुन् । विश्वयुद्ध यही अहंकारले मच्चिएका थिए । यसैले अहंकारलाई त्यागी सुख र शान्तिको कामना गर्नेले विश्वबन्धुत्वको भावना राख्न सक्नुपर्दछ ।यसबाटमात्रै विश्व कल्याण हुनसक्ने देखिन्छ ।
संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै मानिसहरु बन्धु समान हुन् । कोही आफ्नो र कोही परका हुदैनन । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन ।हम्रो जीवनको लक्ष्य सर्वकल्याण हुनु पर्दछ । सबैको कल्याण चाहने व्यक्तिमा सर्वप्रथम विनयभाव रहनुपर्दछ । स्वार्थ एवं अहंको प्रदर्शन गर्ने व्यक्ति सानो चित्तका हुन् आफ्नो र अर्काकोमा भेद देख्दछन् । तर, उदार चित्त भएकाले सबैलाई समान देख्दछन् र देख्नुपर्दछ भनी बताइएको छ ।भौतिक नक्साले कोरिएका सीमारेखाभन्दा मानव माथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम न कसैको थियो, न कसैको छ र न कसैको मात्र हुनेछ । यो सबैको हो ।भौतिक दुःखको कारण हो भने अध्यात्म अनन्त सुख । क्षणिक सुख भौतिक हो भने अनन्त सुखको कारण अध्यात्म हो। यसैले अनन्त सुख प्राप्तिका निम्ति वसुधैव कुटुम्बकम्को भाव हामीमा रहन सक्नुपर्दछ।
यसप्रकार मानवले नेतृत्व गरेको पृथ्वीमा सचेत प्राणीको हिसावले जीव, बनस्पती, जलचर थलचर सबैको अस्तित्व संरक्षण गर्दै अगाडी बढनु पर्दछ । विज्ञानको देन मानवजातीको हितमा भएकोले यसको दुरुपयोग गर्नु हुदैन । अन्तराष्ट्रिय संघ संस्था, माहाशक्ति राष्ट्रहरुले पृथ्वीलाई जीवन्त राख्न विवेकशील नियम लागू गर्नु पर्दछ र आपत विपत तथा यस्ता माहामारी माथि विजय प्राप्त गर्न विश्व एकजुट भई वशुधैव कुटुम्बकमलाई आत्मसात गर्नुपर्दछ।
आज संसार एउटा गाउँको रुपमा परणित भएको छ । मानिस चौबीस घण्टाभित्र पृथ्वीको एक कुनाबाट अर्को कुनामा पुग्दछ । संसारको एक कुनाको खबर सेकेण्डमै अर्को कुनामा पुग्छ । यसैकारण आज मानवता प्रवद्र्धन अति जरुरी भएको छ । विश्वबन्धुत्व प्रवद्र्धन जरुरी भएको छ । वसुधैव कुटुम्बकम जरुरी भएको छ । ‘बाचौँ र बाँच्न देऔँको फैलावट जरुरी भएको छ ।जीवनको यथार्थ र सत्य अनुभूति गराउने र मानव सभ्यताका सफलताका प्रमाणहरू प्रस्तुत गरेर समाजमा शक्तिको सञ्चार गराउन सक्ने सञ्चारजगतले नै हो । विपत्तिबाट सिकेका ज्ञानले मानिस आजको सभ्यतामा आइपुगेको हो । हाम्रा आदर्श जीवनदर्शनको प्रचारप्रसार आजको आवश्यकता हो।
यसैले, आपसमा द्वेषको भावना राख्नु केवल आत्मविनाशको मार्गमा अघि बढ्नु हो। जब हामी एक अर्काप्रति द्वेष, ईर्ष्या र नफरत राख्छौं, तब हामीले केवल मानसिक र शारीरिक शान्ति गुमाउँछौं, अपितु हाम्रो सामाजिक सम्बन्ध र सामूहिक विकासमा पनि बाधा पुग्दछ। द्वेषको भावना मानिसलाई निराशा, तनाव, र मानसिक थकानमा पुर्याउँछ, जसले उसको जीवनको उद्देश्य र दिशालाई अस्पष्ट बनाउँछ। यस्तो भावना केवल व्यक्तिगत पीडासँगै सामूहिक अशान्ति र संघर्षको जन्म दिन्छ। अहंकार र द्वेषले मानिसलाई आफ्नो सहोदरप्रति अन्याय र असमझदारीमा पुर्याउँछ। हामी एक अर्कामा भेदभाव र प्रतिस्पर्धा गर्दा हाम्रो समाजमा विभाजन र अशान्ति फैलिन्छ। यसले सबैको हक र अधिकारलाई दमन गर्दछ र सबैको उन्नति र समृद्धिमा रुकावट पुर्याउँछ। जब हामी द्वेषको भावनामा डुब्छौं, तब हामी आफ्नो आन्तरिक शक्तिलाई हानि पुर्याउँछौं, र यसैले हाम्रो आत्मविश्वास र शान्ति पनि घट्छ।
द्वेषको भावना केवल आत्मविनाशको प्रतीक मात्र हो। हामीलाई हाम्रो जीवनमा सकारात्मक सोच र सहकार्यको भावनालाई अपनाउनु पर्दछ। यो विश्व एउटा ठूलो परिवारको रुपमा देख्नुपर्छ, जहाँ सबै प्राणी समान र आपसमा मित्रको रूपमा रहेका छन्। जब हामी एक अर्कामा स्नेह र सहकार्यको भावना राख्छौं, तब हामी एक सक्षम र समृद्ध समाजको निर्माण गर्न सक्छौं। सबैको भलो सोचेर र प्रेमका साथ अघि बढ्दा, हाम्रो व्यक्तिगत र सामाजिक जीवनमा स्थिरता र समृद्धि आउनेछ। द्वेषको भावना नकारात्मकता ल्याउँछ भने, प्रेम र मित्रता केवल सकारात्मकता र समृद्धि ल्याउँछन्।यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ । विश्व बन्धुत्व र वसुधैव कुटुम्बकम्मा जीवनको सार्थकता खोजौँ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)