जनप्रतिनिधि कस्तो हुनुपर्छ ?

सरकारले बैशाख ३० मा स्थानीय निकायको निर्वाचन गर्नै घोषणा गरेको छ। चुनावको मिति घोषणा भएसगै जनतामा एक किसिमको तरङ्ग पैदा भएको छ। बिस्तारै राजनैतिक मावोल बन्दै गएको देख्न सकिन्छ। सामाजिक सन्जाल फेसबुक,टुईटरमा समेत विभिन्न पार्टिका सपोर्टरले मेरो भोट यो पाटिलाई तपाईको निरु कसैले अवको चुनावमा तपाईं कसलाई भोट हाल्नुहुन्छ ?

Advertisement 1

यस्ता विभिन्न तरिकाले सर्बेक्षण गरिरहेको देखिन्छ। तर कसैले मेरो भोट पार्टिलाई भन्दा पनि राम्रो मान्छेलाई भन्ने सुन्न पाईएको छैन केही थोरै बाहेक। हामिले चुन्ने जनप्रतिनिधि कस्तो हुनुपर्छ यो कुरामा कसैको ध्यान नै छैन।

जनप्रतिनिधि कस्तो हुनुपर्छ हामिले यसलाई रास्ट्रीय बहसमा लैजान जरुरी देखिन्छ। जनताको हक,हित र अधिकारको सुरक्षाका निमित्त जनताले छानेको जननेता नै जनप्रतिनिधि हो। हामिले कस्तो जनप्रतिनिधि छानिरहेका छौँ ।कस्तो जनप्रतिनिधि रोजिरहेका छौँ ? हाम्रो रोजाई सहि छ कि छैन । भन्ने कुरा हामी स्वयम् आफैले मुल्यकन गर्न जरुरी देखिन्छ। कुनै पार्टिको अन्धभक्त कार्यकर्ता हुने,भोट हाल्ने र आर्थिक प्रलोभनमा पर्ने भन्दापनि आफ्नै स्वविबेकले राम्रो जनप्रतिनिधि छान्दा समाज सगैँ देश नै परिवर्तन हुन ठूलो भुमिका निर्वाह गर्छ। हामिले जनप्रतिनिधि छान्दा यस्ता कुराहरुमा ध्यान दिन सके केही मात्रामा भनेपनी परिवर्तन सम्भव छ।
-जनताको मनोभावना बुझने ।
-नेपाली र अङ्ग्रेजी दुवै भाषामा आफ्नो कुरा राख्न सक्ने ।
-रास्ट्रीय तथा अन्तरास्ट्रिय राजनितिको ज्ञान राख्ने ।
-वडा,पालिका,नगरपालिका,महानगरपालिका र जिल्लाको समस्या राम्रो सँग बुझने र बुझाउन सक्ने।
-कम्तिमा हरेक निवेदन,चिठी र प्रलोभन स्वयम आफै तयार पार्ने सक्ने ।
-समाजमा भएका बिकाश निर्माणको कार्यहरुको साथै सम्भावितकार्यको पार्दशिता देखाउने ।
-जात,धर्म,लिङ्गको आधारमा कसैलाई पनि विभेद नगर्ने ।
-क्षमता पहिचान गर्ने र आफन्तवादबाट टाडा रहने।

Advertisement 2

यस्तै विभिन्न कुराको पहिचान गर्नाले नै हामिले राम्रो जनप्रतिनिधि पाउन सक्छौ। एकचोटी अटेरी बन्ने अभिभारा तपाईलाई फेरि आईसकेको छ। बन्ने होईन त अटेरी ?

प्रकाशित :२०७८ फाल्गुन ५, बिहीबार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry