बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। ओझा हाल क्लिकमान्डु डटकममा कार्यरत थिए।

Advertisement 1

उनीसँग पत्रकारिताका साथै अध्यापन तथा अधिवक्ताको पनि अनुभव छ।यसअघि बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछी प्राधिकरणमा अध्यक्ष पद रिक्त रहेको थियो।

त्यसपछि अर्थ मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको थियो। १२ जनाका आवेदन परेकामा ओझा अध्यक्षमा नियुक्त भएका हुन्।

प्रकाशित :२०८१ फाल्गुन १२, सोमबार २२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry