महिला यु–१९ एसिया कपः नेपाल र भारत भिड्दै
काठमाडौं। मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिष्पर्धा हुँदैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११ः४५ मा खेल सुरु हुनेछ।
Advertisement 1
नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो।
आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन्। यसमा समूह ‘ए’मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन्। टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन्।
Advertisement 2
यसमा उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन्। यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा अटाएका छन्। प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ।