काठमाडौंलाई सुदूरपश्चिमले दियो १६८ रनको लक्ष्य

काठमाडौं। एनपीएलको ९औं खेलमा सुदूरपश्चिम रोयल्सयले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ।

Advertisement 1

बिहीबार दिउँसो भएको खेलमा टस हारेर पहिला ब्याटिङको सुदूरपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो। सुदूरपश्चिमका लागि ब्राण्डन म्याक्लनले ३६ बलमा ५३ रन बनाए।

कप्तान दिपेन्द्र सिंह ऐरीले २५ बलमा ४३ तथा विनोद भण्डारीले २८ बलमा ३५ रन बनाए। काठमाडौंका लागि रशिद खानले ४ ओभरमा २० रन खर्च गर्दै २ विकेट लिए।

Advertisement 2

काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका थिए। यसअघि बिहीबार बिहान भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको थियो।

प्रकाशित :२०८१ मंसिर २०, बिहीबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry