एनपीएल ट्रफी सार्वजनिक
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ। सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित धरहरा परिसरबाट ट्रफी र्साजनिक गरेका हुन्।
Advertisement 1
पहिलो संस्करणको एनपीएल आउँदो शनिबार (मंसिर १५ गते) देखि सुरु हुँदैछ। प्रतियोगितामा ८ फ्रेन्चाइज टिमको सहभागिता छ।
Advertisement 2
एनपीएलको ट्रफीको मुख्य आकर्षणका रुपमा सगरमाथाको आधार शिविरको ढुंगा रहेको क्यानका सचिव पारस खड्काले जानकारी दिए। यसले विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश दिन खोजेको उनको भनाइ थियो।
Advertisement 3
शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच उद्घाटन खेल रहेको छ। प्रतियोगिता पुस ६ गतेसम्म चल्नेछ। सोमबार ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, क्यान सचिव पारस खड्का लगायतको उपस्थिति थियो।