सुदूरपश्चिम रोयल्सको ९० रनको जित, विराटनगरको दोस्रो हार
काठमाडौं। जारी एनपीएलको आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ठूलो अन्तरले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार बिहान भएको प्रतियोगिताको चौथो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो।
Advertisement 1
टस जितेर फिल्डिङ रोजेको विराटनगरले जितका लागि १८३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको थियो। जवाफी ब्याटिङ गरेको विराटनगरले ९२ रनमात्रै बनाएर आफ्ना सबै विकेट गुमायो। यससँगै विराटनगरले जारी प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ। प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्स जनकपुर बोल्ट्ससँग ५ विकेटले हारेको थियो।
मंगलबार बिहान भएको खेलमा सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले नटआउट २४ बलमा ५७ रन बनाउँदा टीमले ७ विकेटको क्षतिमा १८२ रन बनायो।
विराटनगरका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। सुदूरपश्चिमका लागि अविनाश बोहोरा तथा स्कट्ट कुग्गेलेन ३-३ विकेट लिए।
Advertisement 2
यसअिघ पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई, दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई र तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको थियो। मंगलबार दिउँसो अर्को खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ।