एसिया कप : नेपाललाई यूएईले दियो ११६ रनको लक्ष्य, नेपालको राम्रो सुरूवात

Samjhana Khadka of Nepal during the ACC Women's T20 Asia Cup 2024 match between UAE and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 19, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौं। एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।

Advertisement 1

श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा शुक्रबार दिउँसो टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको हो।

यूएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन दिँदै ३ विकेट लिइन्।

Advertisement 2

जवाफी ब्याटिङमा उत्रेको नेपाले राम्रो सुरुवात गरेको छ। यो समाचार तयार पर्दा नेपालले ३.१ ओभरमा बिना कुनै विकेट ३० रन बनाएको छ।

प्रकाशित :२०८१ श्रावण ४, शुक्रबार १६:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry