अन्तिम २ ओभरमा ४३ रन : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं। अन्तिम २ ओभरमा ४३ रन बनाउँदा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ।

Advertisement 1

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णालीले जनकपुरसामु १४१ रन बनाएको हो।

कर्णालीका लागि गुल्शन झाले २७ बलमा ३६ रन बनाए। चर्चित भारतीय क्रिकेटर शिखर धवनले १४ बलमा १४ रन बनाए।

Advertisement 2

सोबाहेक अन्तिम २ ओभरमा कप्तान सोमपाल कामी र अर्जुन घर्तीले ४३ रन बनाएपछि कर्णालीले प्रतिस्पर्धात्मक स्कोर खडा गरेको हो।

१८ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ९८ रन बनाएको कर्णालीका लागि सोमपाल र अजुर्नले १९औंमा २२ रन बनाए। सो क्रममा अर्जुनले २ छक्का र २ चौका प्रहार गरे।

Advertisement 3

त्यस्तै २०औं ओभरमा सोमपालले ३ चौका र १ छक्का हान्दै २० रन बनाए। रन आउट हुनुअघि अजुर्नले २२ बलमा ३३ तथा नटआउट रहेका सोमपालले १३ बलमा २९ रनको योगदान गरे।

प्रकाशित :२०८१ मंसिर १७, सोमबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry