अमेरिकी दूतावासद्वारा सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार
काठमाडौं। विश्वकप खेल्न अमेरिका जाने भन्दै प्रक्रियाका लागि अमेरिकी दूतावास गएका सन्दीप लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकार गरेको छ। लामिछानेले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी गराएका हुन्।
Advertisement 1
सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी २० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए। जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरिदिएको हो।
यसअघि सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका सन्दीपलाई भिसा दिएको थिएन। सोही प्रवृत्ति दोहोरिएको लामिछानेले बताएका छन्।
Advertisement 2
प्रकाशित :२०८१ जेष्ठ ९, बुधबार १७:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%