स्पेनिस ला लिगा फुटबल : बार्सिलोना ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा
स्पेनिस ला लिगा फुटबल शनिबार राति भएको खेलमा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् ।
Advertisement 1
बार्सिलोनाका जाआओ फेलिक्सले ५५औँ मिनेटमा एक गोल गर्दै अग्रता दिलाएका थिए तर सो अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो । त्यसपछि खेलको ७०औँ मिनेटमा भ्यालेन्सियाका गुइलामोनले एक गोल गर्दै टोलीलाई हारबाट जोगाए । दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका छन् ।
यो बराबरीसँगै बार्सिलोना १७ खेलबाट ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भ्यालेन्सिया २० अंकसहित १०औँ स्थानमा छ ।
प्रकाशित :२०८० पुष १, आईतवार ०९:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%