गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंक लिमिटेड
काठमाडौं। गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंक लिमिटेड नियुक्त भएको छ। कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण सेयरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त गरिएको हो।
Advertisement 1
सोमबार एक कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सेयर प्रत्याभूति प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।
प्रकाशित :२०८१ श्रावण २१, सोमबार १७:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%