सानीभेरी जलविद्युत् आयोजनामा लगानी जुट्यो

काठमाडौं। एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४ दशमलव ५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। उक्त आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।

Advertisement 1

आयोजनामा सिटिजन्स बैंकले रु २ अर्ब ५० करोड, नवील बैंकले रु १ अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु १ अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले समान १/१ अर्ब लगानी गर्ने भएका हुन्।

सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इभेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेकाछन्।

Advertisement 2

कूल रु ९ अर्ब ६० करोड लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने प्रबन्ध निर्देशक नेपालले जानकारी दिए। रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गरिनेछ।

नदी प्रवाही प्रकृतिको सो आयोजनाबाट उत्पादित बिजुली बाफीकोट सवस्टेशनमा जोडिनेछ। आयोजनाबाट वार्षिक रुपमा २८३ दशमलव ३७ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ मा विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ।

प्रकाशित :२०८२ भाद्र १७, मंगलवार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry