गड्डाचौकी भन्सारमा नेपाल एसबिआई बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं। नेपाल एसबिआई बैंकले कञ्चनपुरस्थित गड्डाचौकी भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

Advertisement 1

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र कञ्चनपुर भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकूमार पंडा, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो।

Advertisement 2

उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीलाई उनीहरूको वित्तीय÷भन्सारसम्बन्धी बैंकिङ सेवालाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ।

प्रकाशित :२०८१ श्रावण ३, बिहीबार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry