रोयल इनफिल्डको नया बाइकको बुटवलमा लन्च

रोयल ईनफिल्ड कम्पनीको दुई नयां मोडेलका बाइक बुटवलमा लन्च भएका छन् । बिगत दस बर्ष देखि यो ब्यवसायमा आवद्ध यस क्षेत्रको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्राम ४११ बाईक लन्च गरेको हो ।

Advertisement 1

एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिममाञ्चल पेटोलियम डिलर एसोसियसनका अध्यक्ष हिमाल गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले सामुहिक रुपमा दुबै बाइकको लन्च गरेका हुन् । क्लासिक ३५० को बजार मुल्य ४ लाख ९९ हजार रुपैया र रोयल इलफर्ड हिमालयन स्क्याम ४११ को बजार मूल्य ६ लाख ६० हजार रुपैया रहेको संचालक प्रेमराज गैरेले बताए ।

क्लासिक ३५० मा अपडेट सहित बियस ६ र ३४९ सिसिको साथै एफआइ इन्जिन रहेको छ । यसैगरी यो सिंगल सिलिण्डरको ४११ सिसिको ईन्जिन रहेको नेपालमै एसेम्बल प्लान्ट स्थापना भए संगै नेपाली बजारमा मूल्य १ लाख ५१ हजार रुपैया घटेर आएको उनले बताए ।

Advertisement 2

यस अघिका बाइक बियस ४ मा आउथ्यो भने अहिले बियस ६ मा आएको हो । सरकारले भर्खरमात्र बजेटमा हेभी सवारी साधनमा सडक दस्तुर र अन्तशुल्क घटाएको हुदा बजार मुल्य घटेको उनले स्पस्ट पारेका छन् ।सन १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको करिब १ सय २० वर्षदेखि खासगरी युवाहरुको रोजाईमा परेर बजार लिन सफल भएको गैरेले बताए ।अहिले बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटरको पेट्रोल टंकी र सुरक्षाको मापदण्ड अपनाइएको प्रतिष्ठानले जनाएको छ ।

यो बाईकको ४० किलोमिटर प्रति लिटर माईलेज दिने क्षमाता रहेको छ । यसले भारतमा क्रुशर अवार्ड प्राप्त गरेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए । यो बाइक क्रुश ईजी भएकाले युवामाझ अझै आकर्षण रहेको उनले बताए। बर्तमान बजार अवस्थाको बाबजुद पनि यो बाइक हिजो एकै दिनमा ४० वटा बुकिङ र २० वटा डेलिभर भैसकेका छ्न । यो हिसाबले पछिल्लो समय बाइकका पारखीका लागी यो बाइक अझ बढीको रोजाइ हुन सक्ने बताइन्छ ।

प्रकाशित :२०८० जेष्ठ २५, बिहीबार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry