देशैभरका क्वारेन्टाइनमध्ये गोसाइकुण्ड उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल छ

कोरोना कहरबाट रसुवा पनि मुक्त रहेन । जिल्लाका ५ पालिकाहरु कोरोना रोकथाम तथा नियन्त्रणमा के कस्ता तरिका अवलम्बन गरिरहेका छन् । निर्वाचित भए पछि जनप्रतिनिधिहरु कसरी काम गरिरहेका छन् ? र काम गर्नका लागि के कस्ता विध्न बाधा छन् त ? यही बिषयमा केन्द्रित रही हामीले गोसाइकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङ नुर्पु तमाङसँग जिज्ञासा राख्यौरसुवा जिल्लामै कोरोना संक्रमणका कारण एक जनाले ज्यान गुमाएका छन् । गोसाइकुण्ड गाउँपालिका ६ (साविकको धुन्चे गाविस ठाडे)का ३२ बर्षका एक पुरुषमा कोरोना सङ्क्रमण देखियो । पछि उनको ज्यान गयो । उनको नवलपरासीबाट फर्कदा गल्छीमा ज्यान गयो ।
अहिले गोसाइकुण्डमा १ जना संक्रमित रहेका छन् । ती संक्रमित नेपाल चीन सीमामा लोडरको काम गर्दर्थे । अहिले उनलाई हामीले आइसोेलेसनमा राखेका छौं ।

Advertisement 1


रसुवा बत्तीमुनीको अध्यारोको नियती भोगेर हासिँरहेको जिल्ला । वाग्मती प्रदेशकै कर्णालीभन्दा पनि फरक पर्दैन् । जिल्लामा एकातिर प्रर्याप्त अस्पताल छैनन् तर काम रोकिएको छैन् । दोश्रो जिल्लामा एमबिबिएस डक्टरत छैनन् । अहिलेसम्म पालिकाभित्र बीस जना संक्रमित भेटिए । ती सबै कोरोनालाई परास्त गरेर घर फर्किसकेका छन् ।
कोरोना रोकथाम र नियन्त्रणका लागि हालसम्म ३५ लाख खर्च भएको छ । प्रदेशबाट १० लाख सहयोग पाएका छौं । राहत, क्वारेन्टाइन निर्माण,खाना,औषधोपचार, फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी,प्रहरी भत्तामा यो रकम खर्च भएको हो । पालिका भित्रका क्वारेन्टाइनमा अहिलेसम्म पाँच सय हाराहारीका स्थानीयहरु बसेका थिए । अहिले आइस्योलेसनमा २० जना रहेका थिए । हाम्रो पालिकाको क्वारेन्टाइन देशैभरका क्वारेन्टाइनमध्ये उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल छ ।

रसुवाको समस्या बाढी र पहिरो
मित्र राष्ट्र चीनसँग सिमना जोडिएको जिल्ला हो रसुवा । तर जुन रुपमा विकासको गति अघि बढ्नु पर्ने हो त्यो हुन सकेन । कारण हो भौगोलिक धरातल ।
यहाँ हिउँदमा विकास निर्माणको काम हुन्छ तर बर्खायाम लागेपछि बाढी र पहिरोले उस्तै समस्या निम्त्याउँछ । यही कारण हो विकासले गति लिन नसकेको । सोचेझैं विकास हुन नसकेको ।
हाम्रो अधिकांश बजेट सडक निर्माणमै खर्च हुन्छ । जिल्लाका अन्य ४ पालिकाको तुलनामा अत्याधिक सम्भावना बोकेको पालिका हो यो । सँगै जोखिम पनि अत्याधिक । एक साता लगाएर बनाएको बाटो. एकै रातमा प्राकृतिक प्रकोपले ध्वस्त बनाइदिन्छ ।

Advertisement 2

हालसम्म भएको विकाश निर्माणका कामहरु
गाउँपालिकाको विकास र समृद्धिका लागि योजनाहरु बनाइरहेका छौँ । हामीसँग ड्रिम प्रोजेक्ट छ, त्यो पर्यटनको विकास नै हो । रसुवा प्रचुर पर्यटकीय सम्भवना बोकेको जिल्ला । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुका लागि साझा धार्मीक क्षेत्र गोसाईकुण्ड र स्वदेशी तथा विदेशीका लागि पर्यटकीय क्षेत्र लाङटाङ यही गाउँपालिकामा पर्दछ । जुन देशकै तेश्रो पर्यटकीय गन्तव्यमा पर्दछ । पहिलोदेखि चौथो गाउँसभासम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने दौरानमा गोसाईकुण्डको पहिलो र प्रमुख पेशा तथा व्यवसाय पर्यटन नै हो भन्ने निष्कर्ष निकाल्यौँ । यहाँको पर्यटनलाई हामीले ‘एडभरटाईज्ड’ गर्न सकेका छैनौँ । प्राकृतिक रुपमा जस्तो छ, त्यत्तिमै सिमित छ । यसलाई व्यवस्थित गर्दै वाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउन गाउँपालिकाको योजना छ । पर्यटनलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बिषयमा विभिन्न कार्यक्रम गरिरहेका छौँ । त्यस्तै, हामीले विशेष गरी भौतिक पुर्वधारका क्षेत्रमा उल्लेख्य काम भएका छ् । हामीले चुनाबको समयमा घोषणा पत्रमा बाटोघाटो निमार्ण गर्ने साथै सबै वडा सम्म पुर्याउने भनेका थियौं । आज लाङटाङ बाहेक सबै ठाँउमा सडक सञ्जाल पुगेको छ । यसका अलवा शिक्षा, स्वास्थका क्षेत्रमा उल्लेख्य सुधारका कामहरु भएका छन् । शिक्षाको लागि हामीले बोडिङको जस्तै २ बिद्यालयमा मन्टेस्वरीको व्यवस्था गरेका छौं । हाम्रो गाउँपालिकाभित्र अधिकांश तमाङ समुदायको बाहुल्यता छ । हाम्रो पालिकामा ७० प्रतिशतभन्दा बढी तमाङ समुदाय बस्दै आएका छन् । त्यही कारण अलि बढी गुम्बा निमार्णको काम भएको छ ।

Advertisement 3


तमाङ समुदायको सांष्कृतिक र धार्मिक परम्परा र पर्वहरु जस्तै,घेवा, छेवर गर्नका लागि गुम्बा आवश्यक पर्ने भएको हुँदा हरेक वडामा गुम्बा निमार्ण गरिएको छ । यो गाउँपालिका धार्मिक हिसावले अन्य पालिकाको तुलनामा विशेष छ । विशेष यस अर्थमा कि पर्यटकीय स्थलहरु गोसाइकुण्डदेखि देशकै तेस्रो पर्यटकीय गन्तव्य मानिने लाङटाङ, क्यान्जिङभ्याली यही अवस्थित छ । यहाँ नयाँ नयाँ पदमार्ग निर्माणका कामहरु भइरहेको छ । भिजिट नेपाल सफल हुन नसके पनि अर्को चोटिको लागि तयारी गरि रहेका छौं ।
विश्वकै दुर्लभ रेड पान्डा यही लाङटाङ राट्रिय निकुन्जमा मात्र पाइन्छ । अहिले रेडपाण्डा संरक्षणका लागि तामाङ कल्चरल रेड पाण्डा पार्क निमार्ण गरिरहेका छौं । मैलुङ÷स्याफ्रुको सडक निर्माणले गति लिइरहेको छ । त्यस्तै रोजगारसँग कसरी जोड्न सकिन्छ ? उत्पादनसँग कसरी जोड्न सकिन्छ ? त्यस्तै हाम्रो देशमा बनेको सामानलाई चीनमा कसरी व्यापार विस्तार गर्न सकिन्छ भनेर कार्यक्रमहरु गर्दै आएका छौं । त्यस्तै अनुदान पनि गर्दै आएका छौं । किसानका लागि आवस्यक पर्ने सामानहरु अनुदान । उन्नत जातका विउहरु वितरण गरेका छौं । रोजगारको लागि हामीले जागिर दिने भन्दा पनि सिपमुलक कार्यक्रमहरु ल्याएका छौं । त्यसमा तालिमहरु दिइ रहेका छौं ।

कैसाङ नुर्पु तमाङ
अध्यक्ष 
गोसाईकुण्ड गाउँपालिका
कैसाङ नुर्पु तमाङ
अध्यक्ष
गोसाईकुण्ड गाउँपालिका

यो वर्षमा प्राथमिकतामा राखेका कामहरु
हाम्रा पहिलो प्राथमिकताको काम भनेको नै उत्पादनसँग जोड्नु हो । यहाँ बाढी पहिरोको जोखिम भएको कारणले गर्दा त्यसलाई रोक्नको लागि पर्खाल लगाउने ,बृक्षारोपण गर्ने जस्तो योजना छ । यस्तै बनिसकेका सडकहरु आवश्यक अनुसार स्तरन्नोतिका कामहरु गर्ने । लाङटाङमा बाटो जोड्ने लगायतका रहेका छन् ।
काम गर्ने वातावरण
हमी जनप्रतिनिधीहरु हामी आफ्नो पालिकालाई विकास गर्नको लागि नै आएका हौं । जुन पार्टीको भए पनि सबैको मन भने आफ्नो पालिका र वडाको विकास कसरी गर्ने,यहाँको जनताको जीवनस्तर कसरी सम्बृद्ध बनाउने भन्ने नै केन्द्रित हुन्छ । जनप्रतिनिधिहरुको मनाशय पनि आफ्नो वडामा बढी भन्दा बढी बजेट परोस भन्ने हुन्छ । काम गर्ने क्रममा केही समयमा साना तीना अप्ठयारो त परि हाल्छ । तर यसलाई राजनितिक इस्यु बनाउनु हुँदैन् र बन्दैन् । आजसम्म काम गर्नको लागि कुनै अप्ठयारो स्थिती छैन् । हामी सबै मिलेर पालिकालाई सम्बृद्ध बनाउन लागिपरेका छौं ।

प्रकाशित :२०७७ भाद्र २०, शनिबार १८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry