हैदराबादसँग दिल्ली क्यापिटल्स ६७ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को गत राति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको सहज जित हात पारेको छ।
Advertisement 1
दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा भएको पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादले प्लेअफ सम्भावना बलियो बनाएको छ।
२६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो। दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए। ऋषभ पन्त ४४, अभिषेक पोरल ४२,पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए।
Advertisement 2
हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए। मयंक मारकंडे र नितेश रेड्डीले २÷२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १÷१ विकेट लिएका हुन्।
त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो। हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो।
Advertisement 3
हैदराबादका ट्रविस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए। अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए। यी दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए।
आईपीएलमा पावर प्लेमा बनेको सर्वाधिक रन हो। यसअघि कोलकाताले बेंगलोरविरुद्ध २०१७ मा १०५ रन बनाएको थियो।