प्रतिनिधि सभाको बिहीबारको बैठकमा संघीय निजामती सेवा विधेयक प्रस्तुत हुँदै

काठमाडौं। संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले बिहीबारको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको हो ।

Advertisement 1

केही साताअघि मात्रै संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ ।

बैठकको सुरुमा नै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथी राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद सचिवालयलका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए ।

Advertisement 2

प्रतिनिधि सभाको बिहीबारकै बैठकमा निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथी विचार गरियोस भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ । यस्तै आर्थिक वर्ष २०८१ ०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथी पनि छलफल प्रारम्भ हुने जनाइएको छ ।

प्रकाशित :२०८० चैत्र १, बिहीबार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम