मन्त्री साढे ९ बजे मन्त्रालयमा,सचिव र कर्मचारीको कुर्सी साढे दश बज्दा पनि खाली

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीहरु समयमा मनत्रालय नआउने गरेको देखिएको भन्दै कर्मचारीहरुलाई बिहान १० बजे हाजिर भइसक्न निर्देशन दिएका छन् ।
आफू बिहान साढे ९ बजे मन्त्रालयमा पुगेको तर कर्मचारीहरु साढे १० बजेसम्म कार्यालयमा नआइपुगेको भन्दै उनले कर्मचारीहरुलाई समयमा हाजिर हुन निर्देशन दिएका हुन ।
आफू मनत्रालयमा पुगेको घण्टौंपछि सम्म पनि मनत्रालय,विभागका अधिकांश अधिकांश कर्मचारी कार्यालयमा नभेटिएको र उनीहरुको कुर्सी रित्तै देखेपछि मन्त्री बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्

Advertisement 1

स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेको चौथो दिन आज सबै विभागको अनुगमन गर्दा अधिकांश कर्मचारी समयमा कार्यालय नआएको पाइएको हो । मन्त्रीले कर्मचारीहरुलाई तोकिएको समयमा कार्यालयमा उपस्थित भइसक्न निर्देशन दिदै अगाडि लेखेका छन्
यो अभियान मन्त्रालयमा मात्र नभएर प्रदेशदेखि स्थानीय तहसम्म लागु गरिने उहाँको प्रतिबद्धता छ । मन्त्रालयसँग जोडिएका हरेक निकायमा नियमित निरीक्षण गरिने पनि छ ।

प्रकाशित :२०८० बैशाख २५, सोमबार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry