७ लाख बराबरको सामान बरामद

सशस्त्र प्रहरी बलले करिब ७ लाख बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटरले विशेष सूचनाको आधारमा ६ लाख ६४ हजार ८ सय २० रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

Advertisement 1

हिजो विशेष सुराकीको आधारमा जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका चार स्थित माछा बजारमा सशस्त्र प्रहरी निरीक्षक हिमालयदेव सुवेदीको कमाण्डमा खटिएको मोबाइल गस्तीले किराना सामान गुटखा र कपडा बरामद गरेको हो।

बरामद गरेको उक्त सामान कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जानकारी गराएको छ।

प्रकाशित :२०८० मंसिर ३०, शनिबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry