सिराहाबाट पेस्तोल, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले सिरहाको लहानबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
Advertisement 1
नियन्त्रणमा लिइएकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका ५ बस्ने ३० वर्षीय जिबानन्द चौधरी र सप्तरी जिल्लाकै खडक नगरपालिका-४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआजी दिपेन्द्र शाहले जानकारी दिए ।
उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल, एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनीको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद भएको डिआइजी साहले बताए ।
Advertisement 2
उनीहरू विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई बरामद पेस्तोल, नगद र रिचार्ज कार्डसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।