यस्ता छन् पालिकामा निमित्त दिने ६ आधार,कनिष्ठलाई निमित्त दिए सम्पूर्ण कार्य रद्द

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त दिने ६ आधार तय गरेको छ । अहिले देशैभरका २०४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन छन् । ती सबै तह निमित्तले चलाइरहेका छन् । भएका प्रमुख प्रशासकीय अधिकृतलाई कामै गर्न नदिने,बाटैबाट फर्काउने र निमित्तलाई जिम्मेवारी दिएर आर्थिक र प्रशासनिक विकृतीहरु बढेसँगै सामान्यले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै निमित्त दिने ६ आधार तय गरेको हो । मन्त्रालयले मन्त्रिस्तरीय निर्णय नै गरेर पालिकाले कनिष्ठ कर्मचारीहरूलाई जिम्मेवारी दिएको मन्त्रालयमा निवेदन प्राप्त भए कनिष्ठ कर्मचारीबाट भएका सम्पूर्ण कार्यहरू रद्द गरी मन्त्रालयले ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिने भएको छ । कुनै स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा र कार्यरत प्रमुख प्रशासकीय अधिकृत सरुवा भई रमाना लिई अन्यत्र हाजिर हुन गई १५ दिने बढी नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्मका लागि दैनिक प्रशासनिक तथा आर्थिक कोरावार सञ्चालन गर्न विभिन्न ६ वटा आधारहरू मन्त्रालयले तय गरेको छ ।

प्रकाशित :२०७७ फाल्गुन २९, शनिबार ०७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry