रसुवाका फुर्पा तमाङको रेकर्ड ब्रेक
न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीशसहित २० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको परिषद् बैठकले सर्वोच्चका दुई र उच्च अदालतका १८ न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो । बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
Advertisement 1
अदालतमा रिक्त १८ न्यायाधीशहरुमा सरकारी वकिलका तर्फबाट उच्च नारायणप्रसाद पौडेल र कानुन सचिव ऋषि राजभण्डारी नियुक्त भएका छन् । जिल्ला न्यायाधीशबाट जगतनारायाण प्रधान, माधववेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनीप्रसाद पौडेल सिफारिसमा परेका छन् ।
त्यसैगरी न्याय सेवाको अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाल पनि सिफारिसमा अटाएका छन् । कानुन व्यवसायीवाट फुर्वा तामाङ, श्रीधराकुमारी पुडासैनी, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्य अटाएका छन् । रसुवाबाट पहिलो पटक न्यायधीश बनेर फुर्पाले रेकर्ड राखेका छन् ।
Advertisement 2
बलात्कारको आरोप लागेका सिद्धबाबालाई सफाइ दिने अर्जुनप्रसाद कोइराला पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । कोइरालालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएकोमा न्यायपरिषदका सदस्य दीपककुमार कार्कीले नोट अफ डिसेन्ट लेखेका छन् ।