एकीकृत समाजवादी कालिका कमिटीको अध्यक्षमा न्यौपाने,१७ सदस्यीय दलित मुक्ति संगठन पनि गठन
नेकपा एकीकृत समाजवादी पार्टी रसुवाले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। एकीकृत समाजवादीले कालिका गाउँपालिकाको पहिलो पालिकाअधिवेशन सम्पन्न गरेको हो।
रामप्रसाद न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय नगर पालिका कमिटी गठन गरिएको हो। कमिटीको सचिवमा अम्बिका अधिकारी, उपसचिवमा यशोधा नेपाली चयन भएका छन्। उपाध्यक्ष पछि टुंग्याइने एकीकृत समाजवादी रसुवाले जनाएको छ ।
यस्तै सदस्यहरुमा कर्णप्रसाद पौडेल,निर्मला सुनुवार,गीता पौडेल,निलकण्ठ देवकोटा,सम्झना तमाङ,निमा तमाङ,शरण नेपाली,भिमप्रसाद पौडेल,दिनेश नेपाली,सीता न्यौपाने,लक्ष्मीदेवी भट्ट,नेत्र न्यौपाने लगायत छन् ।
Advertisement 1
कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिटव्यूरो सदस्य विदुर सापकोटा रहेका थिए। विशिष्ट अतिथिमा केन्द्रीय कमिटी सदस्य साङतेम्बा तमाङ, विष्णु देवकोटा,भरत बगाले जिल्ला कमिटि उपाध्यक्ष विनोद लामिछाने,सचिव शिव लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
Advertisement 2
समाजवादी रसुवाले कालिका गाउँपालिका २ नम्बर वडा सीता न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी र ५ नम्बरमा निलकण्ठ देवकोटाको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ ।
यस्तै गंगा विश्वकर्माको अध्यक्षतमा १७ नेपाल दलित मुक्ति संगठन,रसुवा समेत गठन भएको प्रगतीशील राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सचिव तथा जिल्ला कमिटी सदस्य जनक देवकोटाले जानकारी दिएका छन् । यस्तै कार्यक्रममा जेष्ठ कम्युनिष्ठहरुलाई सम्मानसमेत गरिएको थियो ।
Advertisement 3