२४ गते चुम्लिड्डटारमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने

चितवन/इच्छाकामना गाउँपालिका–३ चुम्लिड्डटारस्थित नागरिक आरोग्य सेवा केन्द्रमा अबको केही दिनमै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा यही पुषको आउँदो २४ गते चुम्लिड्डटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
निःशुल्क नियमित बिरामी जाँच, निःशुल्क औषधि वितरण, निःशुल्क दैनिक योग, निःशुल्क जीवनशैली व्यवस्थापन परामर्श, निःशुल्क पञ्चकर्म (थेरापी) देखि लिएर निःशुल्क सुगर जाँच सेवा समेत प्रदान गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले उक्त शिविरमा पेटसम्बन्धी रोगहरु (ग्याष्ट्रिक, अल्सर, अरुचि, अपच आदि), हाडजोर्नीसम्बन्धी रोगहरु (ढाड–कम्मर–घुँडा दुख्ने, शरीर झमझमाउने, हड्डी खिइएको आदि), मलद्वारसम्बन्धी रोगहरु (पायल्स, फिस्टुला, फिसर), स्त्री तथा प्रसूति रोगहरु (महिनावारी गडबडी, पाठेघरको संक्रमण आदि)को सेवा प्रदान गर्ने जनाएको छ ।
यसैगरी, मानसिक रोगहरु (माइग्रेन, डिप्रेसन, अनिद्रा, तनाव आदि), छालासम्बन्धी रोगहरु (एलर्जी, दाद, लुतो आदि), श्वासप्रश्वाससम्बन्धी रोगहरु (दम, कास, पिनास आदि) लगायत स्नेहन तथा स्वेदन (थेरापी) सेवा पनि उक्त शिविरमा प्रदान गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनकी प्रमुख डा. कोपिला अधिकारीले बताइन् । शिविर शनिबार बिहान १० बजेदेखि ४ सम्म सञ्चालन हुने बताइएको छ ।

प्रकाशित :२०७८ पुष २०, मंगलवार २०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम